Madhes Khabar
स्वास्थ्य

बाराको पचरौता नगरपालिकाले बन्द गरयो स्वास्थ्य सेवा

मधेसखबर
वीरगन्ज,०३साउन : बाराको पचरौता नगरपालिकाले कर्मचारी नभएको भन्दै स्वास्थ्य सेवा बन्द गरेको छ ।

पचरौता नगरपालिकाका मेयर जलन्धर सिंहले एक सूचना निकालेर नगर अस्पतालका सेवा, बर्थिङ्ग सेन्टरका सेवा र पिपरपाती पचरौता स्वास्थ चौकीको ल्याब सेवा बन्द गरिएको जनाएका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत नभएको र निमित प्रमुख प्रशासकीय अधिकृत पनि सम्पर्क बिहीन भएका कारण करारका कर्मचारीको म्याद थप्ने तथा नयाँ कर्मचारी भर्ना गर्ने प्रक्रिया अघि बढाउन नसकेका कारण स्वास्थ्य सेवा नै बन्द गर्नु परेको उनले बताएका छन् ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव सम्पर्क बिहिन रहेका कारण नगरपालिकाको चालु आर्थिक वर्ष २०७९÷०८० को नगरसभा समेत हुन नसकेको मेयर सिंहले बताएका छन् ।

प्र्रमुख प्रशासकीय अधिकृत नभएका कारण पचरौता नगरपालिकामा कुनै प्रकारको निवेदनमा पनि तोक लाग्न नसकेको सेवाग्राही सियाराम प्रसाद यादवले गुनासो गरे ।

Related posts

छिमेकी देशमा कोरोना संक्रमणको लहर फेरी उकालो लाग्दा पनि होल्डिङ सेन्टर हस्तान्तरणमा अझ अन्योल

MadhesKhabar

वीरगन्जको वडा नम्बर २० मा मेयर घरदैलो स्वास्थ्य कार्यक्रमबाट ७५३ जना लाभान्वित

MadhesKhabar

नारायणी अस्पतालमा बिरामीका लागि एसी जडान गरिदिने जगरनाथपुरका अध्यक्ष यादवको घोषणा

MadhesKhabar

Leave a Comment