Madhes Khabar
स्वास्थ्य हेडलाइन

नारायणी अस्पतालमा बिरामीका लागि एसी जडान गरिदिने जगरनाथपुरका अध्यक्ष यादवको घोषणा

वीरगन्ज,३ भदौं :पर्साको जगरनाथपुर गाँउपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवले वीरगन्जको नारायणी अस्पतालको मेकिडल वार्डमा बिरामीहरुको सहजताका लागि वातानुकूलित एसी जडान गरिदिने भएका छन् ।

सोमबार पूर्व उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजालसंगै अस्पतालको निरीक्षण गर्ने क्रममा गाँउपालिका अध्यक्ष यादवले अस्पतालको मेडिकल वार्डमा वातानुकूलित एसी जडान गरिदिने प्रतिबद्धता जनाएका हुन् ।

मेडिकल वार्डमा पंखा मात्रै रहेको हुदाँ त्यहाँ भर्ना भइ उपचारत रहेका बिरामीहरुलाई गर्मीका कारण समस्या भइरहेको देखेपछि गाँउपालिका अध्यक्षले वातानुकूलित एसी जडान गरिदिने प्रतिबद्धता जनाएको अस्पताल विकास समितिका अध्यक्ष धिरजकुमार गुप्ताले जानकारी दिए ।

उनका अनुसार, गाँउपालिका अध्यक्ष यादवले अस्पताल निरीक्षणकै क्रममा सखुवा प्रसौनी र जीराभवानी गाँउपालिकाका अध्यक्षसंग फोन सम्पर्कमा कुरा गरेर दुवै पालिकाका तर्फबाट ३/३ वटा र जगरनाथपुर गाँउपालिकाका तर्फबाट ३ वटा गरी कूल ९ वटा वातानुकूलित एसी मेडिकल वार्डमा जडान गरिदिने प्रतिबद्धता जनाए ।गाँउपालिका अध्यक्ष यादवको प्रतिबद्धता अनुसार, अबको एक हप्ताभित्रै मेकिडल वार्डमा वातानुकूलित एसीहरु जडान हुने अध्यक्ष गुप्ताले जानकारी दिए ।

अस्पताल निरीक्षणका क्रममा पूर्वमन्त्री रिजालले पनि अस्पतालमा आफ्नो तर्फबाट सक्दो सहयोग गरिने प्रतिबद्धता जनाएको अध्यक्ष गुप्ताले जानकारी दिए ।

अस्पताल निरक्षिणका क्रममा पूर्वमन्त्री रिजाल र गाँउपालिका अध्यक्ष यादवले अस्पतालका विभिन्न विभाग र वार्डमा पुगेर त्यहाँका बिरामी, उनिहरुका कुरुवा र स्वास्थ्यकर्मीहरुसंग भेटेर कुराकानी पनि गरेका थिए । त्यसक्रममा अस्पताल विकास समितिका अध्यक्ष गुप्ता र मेसु डा. चुमनलाल दासले अस्पतालका समस्याहरुका बारेमा पूर्वमन्त्री रिजाल र गाँउपालिका अध्यक्ष यादवलाई जानकारी गराएका थिए ।

Related posts

काठमाडौं उपत्यकाका १० ठाउँमा हैजाको संक्रमण पुष्टि

MadhesKhabar

पर्साका ८५ र बाराका १ सय १२ सहकारी संस्था सम्पर्कविहीन

MadhesKhabar

वीरगन्ज महानगरको पूर्वाधार विकास समितिको संयोजकमा सुशील साह कानु

MadhesKhabar

Leave a Comment