Madhes Khabar
स्वास्थ्य हेडलाइन

छिमेकी देशमा कोरोना संक्रमणको लहर फेरी उकालो लाग्दा पनि होल्डिङ सेन्टर हस्तान्तरणमा अझ अन्योल

माधुरी महतो
वीरगन्ज , १९ माघ :
नेपाल सरकारले २०७८ वैशाख ५ गते मन्त्रीपरिषदको निर्णय अनुरुप कोरोना रोकथाम तथा नियन्त्रणकोे उदेश्य सहित मुलुकका विभिन्न ८ नाकामा होल्डिङ सेन्टर निर्माण गर्ने कार्यलाई अघि बढाएको थियो ।

तर निर्माण कार्य सम्पन्न भएको महिनौ बित्दा समेत अझै होल्डिङ सेन्टर हस्तान्तरणमा अन्योलको अवस्था देखीएको छ ।

तर पछिल्लो समय नेपालका २ छिमेकी मुलुक चीन र भारतमा कोरोना संक्रमणको सूचकाङ्क फेरी उकालो लाग्दै गएपछि पनि सिमा नाका चेकजाँचमा कडाई वा होल्डिङ सेन्टरको विषयमा चासो लिएको देखीदैन ।

कोरोना भाइरस संक्रमण, पहिलो र दोस्रो , तेश्रो लहरमा ,पर्सा लगायत देशका अन्य सरकारी अस्पतालको क्षमताले थेग्न नसक्ने गरी भयावह रूपमा फैलियो थियो ।

कोरोनाको पहिलो तथा दोश्रो लहरमा क्वारेन्टिन अभावका कारण विद्यालय तथा कलेजहरुलाई क्वारेन्टिन बनाईएको भन्दै आलोचना भएपछि नेपाल सरकारले वि.स. २०७८ वैशाख ५ गते मन्त्रीपरिषदको निर्णय अनुरुप कोरोना रोकथाम तथा नियन्त्रणकोे उदेश्यसहित मुलुकका विभिन्न ८ नाकामा होल्डिङ सेन्टर निर्माण गर्ने कार्यलाई तिव्रता दिएको थियो ।

हाल चीनमा तथा भारतका विभिन्न सहरमा फेरी कोरोना भाईरसको संक्रमण बढ्दै गएको छ । त्यसको सोझो असर खासगरी सीमावर्ती सहर र बस्तीमा पनि देखिने चिन्ता बढ्न थालेको अवस्थामा नाका हुँदै आउनेहरूको परीक्षणमा कडाई गरीएको भनिएपनि त्यसमा खटीएका कर्मचारीहरुले नै यसबारे विभिन्न गुनासो गरीरहेका छन् ।

नेपालका छिमेकी दुवै मुलुकमा फेरी कोरोना भाईरसको संक्रमण तिव्र गतीमा फैलिरहेको तथा उकालो लागिरहेको बेला खासगरी सिमावर्ती क्षेत्र तथा विमानस्थल लगायत सबै स्थानमा उत्तिकै कडाई र व्यवस्थापन हुनुपर्नेमा यसप्रती सरकार उदासिन देखीएको प्रती स्थानीयवासीहरुल्े आक्रोस पोखीरहेका छन् ।

वीरगंज मुर्लीका दिनानाथ प्रसादले कोरोना भाईरसको संक्रमण छिमेकी देशमा फैलिरहँदा पनि हाम्रो देशको सरकार कानमा तेल हालेर बसेको ,आफ्नै स्वार्थपुर्तीमा नेताहरु लागि परेको गुनासो गर्छन् ।

तर सिमा नाकामा स्थापना भएका हेल्प डेस्कमा खटीएका स्वास्थ्यकर्मीले भने पर्साको सबै भन्दा ठुलो तथा नेपाल दोश्रो ठुलो नाकाको रुपमा परिचित वीरगंज नाकाबाट हाल नेपाल आवतजावत गर्ने करीब २ देखी ३ सय जना विदेशीको दैनिक रुपमा कोरोना संक्राण चेकजाँच भईरहेको बताएका छन् ।

हेल्प डेस्कमा खटीएकी ल्याब टेक्निसियन निशाा साहले  भारतबाट आवतजावत गर्ने करीब २ देखि ३ सय जना विदेशीको दैनिक रुपमा कोरोना संक्राण चेकजाँच गरीरहेको र सामाग्री पर्याप्त रहेको दाबी गर्छिन् ।

सिमानाकाबाट नेपाल भित्रनेहरुलाई क्वाराईन्टिनमा राख्न बनाईएको वीरगंज लगायत देशका अन्य स्थानका धेरै जसो होल्डिङ सेन्टरको निर्माण कार्य सम्पन्न भैसकेको भएपनि होल्डिङ सेन्टर प्रशासनिक अलमलको कारण सम्बन्धित पक्षलाई हस्तान्तरण हुन नसकेको अवस्थामा छ ।

पर्सामा सहायक प्रमुख जिल्ला अधिकारी महेश तिम्सिनाले भने , “होल्डिङ सेन्टर आर्मीले बनाएका हुन् ,सातै प्रदेशमा एक हजार क्षमताका होल्डिङ सेन्टर छन् कोभिड चाडै नियन्त्रणमा आएकाले प्रयोग बिहिन देखिएको हो फेरि जरुरी परेको खण्डमा सरसफाई गरिनेछ । ”

अन्य देशहरुको तथ्यांक र अवस्था हेर्दा देशमा फेरी कोरोना संक्रमण दर उच्च हुन सक्ने तर्फ सावधानी अपनाउन चिकित्सकहरुले आग्रह गरिरहेको बेलामा पनि सरकारले होल्डिङ सेन्टर व्यवस्थापन तथा संचालन तर्फ ध्यान नदिएको गुनासो बढ्दै गएको छ ।

भारतबाट आएकालाई क्वारेन्टिनमा राख्नका लागि पर्सामा भने करिब २८ करोडको लागतमा कुल ६० वटा भवन निर्माण गरिएको छ । जसमध्ये १३ वटा भान्सा घर, २२ वटा शौचालय, तथा बनाईएको छ ।

उक्त क्वाराईन्टिनमा राखिएको ९ सय बेडमा सामान्य लक्षण भएकाहरुलाई राखिने छ भने बाँकी १ सय वेड जटील अवस्थाको बिरामीलाई राखिने छ । यसैगरी अन्य ३ वटा एसीसहितको भवन अनुगमन गर्न आउने सरकारी प्रतिनिधिका लागि समेत निर्माण गरिएको छ ।

होल्डिङ सेन्टर हस्तान्तरणमा ढिलाई हुदा आर्थिक तथा सुरक्षाको चुनौती थपिएको जनाईएको छ ।

Related posts

मतदाताबाट पाएको स्नेह र आशिर्वादले थप उत्साहित छु : प्रदीप यादव

MadhesKhabar

जनमत पार्टी पर्साका सह-इन्चार्ज मुकेश द्विवेदीले दिए राजिनामा

MadhesKhabar

सिके राउतलाई प्रदीप यादवकाे काउन्टर : भ्रमकाे खेती बन्द गर्नुस् , मधेसमा मुख्यमन्त्री जसपाकै रहन्छ

MadhesKhabar

Leave a Comment