
मधेसखबर
वीरगन्ज,२८मंसिर :वीरगन्जका पत्रकार स्वर्गीय नरेश सर्राफको समृृतिमा नेपाल पत्रकार महासंघ पर्सा शाखाले अक्षय कोष स्थापना गरेको छ ।महासंघ पर्सा शाखा कार्य समिति सदस्य समेत रहेका सर्राफको १३ औं दिनको पूण्य तिथीमा बुधबार बसेको पर्सा शाखाको बैठकले अक्षय कोष स्थापना गर्ने निर्णय गरेको हो ।
बुधबार नै सर्राफको १३ औं दिनको पूण्य तिथीमा आयोजित श्रद्धान्जलीसभामा शाखा अध्यक्ष अनुप तिवारीले यस बारे जानकारी गराएका हुन् ।स्वगीय सर्रापकी पत्नि र छोरीको स्वामित्व रहने गरि महासंघले तत्कालका लागि आफनो तर्फबाट १ लाख ५० हजार रुपैया जम्मा गरेर अक्षय कोष स्थापना गर्ने निर्णय गरेको अध्यक्ष तिवारीले जानकारी गराए ।
उक्त कोषमा पूर्व मन्त्री एंव पर्सा क्षेत्र नम्बर १ का नवनिर्वाचित प्रतिनिधीसभा सदस्य (सांसद) प्रदीप यादवले पनि १ लाख रुपैया उपलब्ध गराउने घोषणा गरे ।यस्तै वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पनि उक्त अक्षय कोषमा महानगरपालिकाले नगद १० लाख रुपैया प्रदान गर्ने घोषणा गरिसकेका छन् ।यसैगरि समाजवादी प्रेस संगठन र रेडियो वीरगन्जले पनि १/१ लाख रुपैया सहयोग गर्ने भएको छ । यस्तै अक्षय कोषमा नेपाल प्रेस युनियनका केन्द्रिय सचिव अशोक तिवारीले नगद २१ हजार र पत्रकार महासंघका पूर्व मध्यमान्चल संयोजक महेश दासले नगद १० हजार रुपैया प्रदान गर्ने बताए ।

बुधबार आयोजित श्रद्धान्जली सभामै नवनिर्वाचित प्रतिनिधीसभा सदस्य यादवले स्वर्गीय पत्रकारको आश्रीत परिवारको राहतका लागि प्रधानमन्त्रीलाई भेटेर सरकारका तर्फबाट ५ देखि १० लाख बिचको रकम उपलब्ध गराउन आफुले पहल गर्ने प्रतिबद्धता पनि जनाए ।
श्रद्धान्जलीसभामै बोल्दै पत्रकार महासंघ पर्साका अध्यक्ष तिवारीले स्वर्गीय पत्रकार सर्राफको स्मृतिमा हरेक वर्ष महासंघको स्थापना दिवसको अवसरमा १० वर्ष सकृय पत्रकारीता गरेका र ४० वर्ष उमेर नकटेका एक जना पत्रकारलाई स्वर्गीय नरेश स्मृति पत्रकारीता पुरस्कार प्रदान गर्ने निर्णय भएको पनि जानकारी गराए ।
महासंघले स्थापनाको गरेको अक्ष्य कोषबाट वार्षिक हुने आम्दानीको रकम मध्ये २० प्रतिशत रकम पुरस्कार वितरणमा र ८० प्रतिशत रकम स्वर्गी सर्राफको परिवारको भरणपोषणमा खर्च गरिने जानकारी पनि उनले गराए ।
तिवारीको अध्यक्षतामा भएको श्रद्धान्जलीसभामा पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, मधेसप्रदेश महासचिव श्याम बन्जारा , केन्द्रिय सदस्य केसी लामिछाने , प्रेस युनियनका केन्द्रिय सचिव अशोक तिवारी , समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य राघव साह , प्रेस सेन्टरका केन्द्रिय सदस्य निरज पिठाकोटे मगर , वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष हरि गौतम लगायतले शोक मन्तव्य व्यक्त गरेका थिए ।पत्रकार महासंघ पर्सा शाखाका सदस्य समेत रहेका ३८ वर्षिय सर्राफको यहि मंसिर १५ गते हृदयतघातबाट निधन भएको थियो ।

