Madhes Khabar
राजनीति हेडलाइन

बारा २ मा रोकिएको मतगणना फेरि सुरु

बारा,१२बैशाख : बारा क्षेत्र नम्बर २ मा रोकिएको मतगणना फेरि सुरु भएको छ ।मतगणनामा बसेका नेकपा एमाले र जनमत पार्टीका प्रतिनिधिहरुले मतपेटिका राखिएको कोठाको चाबी नै लिएर हिँडेपछि डेढ घण्टा जति मतगणना रोकिएको थियो ।नेकपा एमालेका प्रतिनिधि मोहन लामिछाने र जनमत पार्टीका प्रतिनिधि सियाराम कुशवाह चाबी लिएर हिँडेपछि मतगणना रोकिएको थियो ।

त्यसपछि निर्वाचन कार्यालयले चाबी लिएर हिँडेका प्रतिनिधिहरुलाई तुरुन्त चाबी ल्याएर आउन आग्रह गर्दै माइकिङ नै गरेपछि उनिहरु डेढघण्टापछि मतगणनास्थलमा फर्किएपछि मतगणना फेरि सुरु भएको मतगणनास्थलमा रहेका पत्रकार राकेश यादवले जानकारी दिए ।

मतगणना रोकिनुभन्दा पहिले सम्मको प्राप्त नतीजा अनुसार जसपाका अध्यक्ष एंव उम्मेदवार उपेन्द्र यादव, जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहा भन्दा ४ हजार भन्दा बढि मतले अगाडि छन् । यादवले १३ हजार ८०४ मत पाउदा जनमतका कुशवाहाले भने ९ हजार २३१ मत पाएका छन् । एमालेका पुरुषोत्तम पौडेलले भने ४ हजार ५७७ मत, रास्वपाका रमेश खरेलले २ हजार ३१ मत र आम जनता पार्टीका अरुण ज्ञवालीले १ हजार ५८६ मत पाएका छन् ।

Related posts

वीरगन्जमा फेरि लम्ब्याइयाे कर्फु,सीडीओ कार्यालयमा हिन्दु र मुस्लिम अगुवालाई संगै राखेर छलफल जारी 

MadhesKhabar

अस्पताल र सप्लार्यबीचको विवादले नारायणी अस्पतालमा ३ महिनादेखि एमआरआई सेवा ठप्प

MadhesKhabar

आदर्शनगरमा सन्तोषको गोदाममा सशस्त्र प्रहरीको छापा,५० लाख बढीको कपडा र हार्डवेयर बरामद

MadhesKhabar

Leave a Comment