वीरगन्ज,२७पुस:पर्साकाे ग्रामीण भेगमा लुकाई छिपाई लगाइएको गाँजा खेती नष्ट गर्ने अभियानलाई प्रहरीले निरन्तरता दिएकाे छ।
यसैक्रममा सखुवा प्रसाैनी गाँउपालिका वडा नम्बर १ ओैराहास्थित ऐलानी जग्गामा अपरिचित व्याक्तिहरुले राेपेकाे गाँजा खेती शुक्रबार प्रहरीले नष्ट गरेकाे हाे।
ईलाका प्रहरी कार्यालय पटेर्वा सुगाैलीबाट प्रहरी निरीक्षक प्रकाश थापाकाे नेतृत्वमा खटिएको प्रहरी टाेलीले ओैराहाका ५ स्थानमा गरेर ११ कठ्ठा जग्गामा लगाइएको गाँजा खेती नष्ट गरेकाे हाे।शुक्रबार करिब ७ हजार गाँजाकाे बाेट फडानी गरेर नष्ट गरिएको प्रहरी निरीक्षक थापाले बताए।

