Madhes Khabar
स्थानिय

पत्रकार महासंघ पर्साकाे साधरणसभाकाे उद्घाटन सत्र सम्पन्न

मधेसखबर
वीरगन्ज ,०१ पुस : नेपाल पत्रकार महासंघ पर्सा शाखाकाे २५ ओैं वार्षिक साधरणसभाकाे उद्घाटन सत्र सम्पन्न भएकाे छ ।

शुक्रबार वीरगन्ज स्थित महासंघकै सभाकक्षमा आयाेजित उद्घाटन सत्रलाई सम्बाेधन गर्ने वक्ताहरुले पत्रकारितमा देखिएका विकृतिले सिंगाे पत्रकारिता क्षेत्रकै लागि चुनाैती देखिएकाले यसप्रति ध्यान दिनुपर्नेमा जाेड दिए ।उनिहरुले संख्यात्मक बढाेत्तरी हुँदै गएपनि त्यस अनुसार गुणस्तरीयता भने बढ्न नसकेकाे अनुभुति पाठक, दर्शक र श्राेताले गरिरहेकाे पनि ओैंल्याए ।

प्रविधिकाे विकाससंगै पत्रकारिता गर्न सहज हुँदै गएपनि विकृति पनि बढेकाे भन्दै उनिहरुले गुणस्तरीय पत्रकारिता, पत्रकारको क्षमता अभिवृद्धि र पेशागत सुरक्षाका सवालमा महासंघले थप नेतृत्वदायी भूमिका बढाउन पनि सुझाव दिए ।

महासंघका शाखा अध्यक्ष अनुप तिवारीकाे अध्यक्षता तथा महासंघका केन्द्रीय सचिव दिपेन्द्र चाैहानकाे प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन सत्रमा महासंघका केन्द्रीय सदस्य केसि लामिछाने , महासंघका मधेस प्रदेश महासचिव श्याम बन्जारा, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पाैडेल , प्रहरी उपरीक्षक रमेश बस्नेत, महासंघका पूर्व मध्यमाञ्चल संयाेजक महेश दास, प्रेस युनियनका केन्द्रीय सचिव अशाेक तिवारी, केन्द्रीय सदस्य निलिमा पाैडेल, पर्सा शाखा उपाध्यक्ष विजय चाैहान, प्रेस सेन्टरका केन्द्रीय सदस्य निरज पिठाकाेटे मगर,पर्सा अध्यक्ष दिपक गाैतम, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य राघव साह, प्राध्यापक डाक्टर विश्वम्भर शर्मा, सुदर्शनराज पाण्डे , जगदीश शर्मा , विजय भण्डारी , लक्ष्मी खरेल लगायतले साधरणसभाकाे सफलताकाे शुभकामना मन्तव्य गरेका थिए।

साधरणसभाकाे बन्द सत्र अहिले जारी रहेकाे भन्दै महासंघका पर्सा शाखा सचिव भूषण यादवले बन्दसत्रमा संगठनकाे सांगठनिक , आर्थिक प्रतिवेदन पेश हुने र त्यसमाथि छलफल गरि पारित गर्ने कार्यक्रम रहेकाे जानकारी दिए।

Related posts

पर्साकाे जगतियामा आगलागी हुदा फुसकाे घर जलेर नष्ट

MadhesKhabar

सडकमा फोहोर फ्याँक्ने वडाध्यक्ष शाहलाईपनि वीरगन्ज महानगरले गर्यो कारबाही

MadhesKhabar

जेनजी आन्दोलनमा अराजक समुहले उखलेर फालेको विरुवाहरु जगरनाथपुर गाँउपालिकाले फेरि रोप्यो

MadhesKhabar

Leave a Comment