Madhes Khabar
स्थानिय हेडलाइन

जेनजी आन्दोलनमा अराजक समुहले उखलेर फालेको विरुवाहरु जगरनाथपुर गाँउपालिकाले फेरि रोप्यो

वीरगन्ज,१०असोजः जेनजी आन्दोलनका क्रममा पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर १ पिडारी टोलमा रहेको ऐलानी जग्गामा रोपिएका विरुवाहरु अराजक समुहले रातीको समयमा उखलेर फालेपछि त्यहाँ गाँउपालिकाले पुन विरुवाहरु रोपेको छ ।

पिडारीमा रहेको करिब आठ बिघा जग्गामा गत भदौं १ गते गाँउपालिकाले विभिन्न प्रजातिका विरुवाहरु रोपेको थियो । तर जेजनी आन्दोलनका क्रममा गत भदौंं २४ गते राति गाँउपालिकाका अध्यक्ष श्रकान्त यादवसंग राजनीतिक प्रतिशोध राख्नेहरुले रोपिएका मध्ये २ हजार ५ सय बढी विरुवा उखले र भाँचेर तहशनहश पारिदिएका थिए ।

त्यहि ठाँउमा गाँउपालिका अध्यक्ष यादवको अग्रसरतमा आँप,कटहर,जामुन,खयर लगायतका प्रजातिका नयाँ विरुवाहरु अहिले रोपिएको हो । नयाँ विरुवाहरु रोपिएको स्थानमा बिहीबार गाँउपालिका अध्यक्ष यादवको आग्रहमा पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुबेदी,सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्ट लगायतका सुरक्षा अधिकारीहरुको टोलीले स्थलगत निरक्षिण गरेको छ ।

गाँउपालिका अध्यक्ष यादवले जगरनाथपुर गाँउपालिकाले वातावरण संरक्षण र वृक्षारोपण अभियान सञ्चालन गर्दै आएकोमा पिडारीको ऐलानी जग्गामा वृक्षारोपण गरेकोमा केही व्यक्तिहरूले राजनीतिक प्रतिशोध साँध्न रोपिएका विरुवा उखेल्ने कार्य गरेको बताए । तर गाँउपालिकाले फेरि वृक्षारोपण गरेर वातावरण संरक्षणप्रतिको आफ्नोे प्रतिबद्धता प्रमाणित गरेको उनले बताएं ।

Related posts

पर्साकाे ग्रामीण भेगमा कम्प्युटर इन्जिनियरिङकाे पढाइ सुरु:विपन्न विद्यार्थीलाई गाँउघरमै सुनौलो अवसर

MadhesKhabar

विन्दवासनी कोईलाभर साझेदारी वन समितिको वार्षिक भेला सम्पन्न : पत्रकार यादव र शुक्ला सम्मानित

MadhesKhabar

वीरगन्जमा पत्रकारहरुमाथि आक्रमण गर्नेहरुलाई कारबाही गर्न स्थानीय प्रशासनसंग पत्रकार महासंघको माग

MadhesKhabar

Leave a Comment