Madhes Khabar
स्थानिय

विन्दवासनी कोईलाभर साझेदारी वन समितिको वार्षिक भेला सम्पन्न : पत्रकार यादव र शुक्ला सम्मानित

प्रमोद यादव
पर्सा,५माघःपर्साको विन्दवासनी कोईलाभर बढनियार साझेदारी वन उपभोक्ता समितिको पहिलो वार्षिक भेला शनिबार भब्यताका साथ सम्पन्न भएको छ ।पर्सागढी नगरपालिका–३ बढनिहारमा डिभिजन वन कार्यालय पर्साको सहयोगमा आयोजित भेलाको उद्घाटन मधेस प्रदेश वन कार्यालय, जनकपुरका निर्देशक जगन्नाथ जैसवालले गमलामा पानी हालेर गरेका थिए ।

कार्यक्रममा बोल्दै जैसवालले वन संरक्षणमा उपभोक्ता समिति र स्थानीय तहको सहकार्यले ठूला उपलब्धि हासिल गर्न सकिने बताए । उनले स्थानीयबासीको सहयोगमा चोरी तस्करी नियन्त्रण र अतिक्रमण रोक्नुपर्नेमा जोड दिनुभयो। साथै, निजी वन व्यवस्थापनले वातावरणीय सुरक्षा र सम्बद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउनेपनि उनले बताए ।

कार्यक्रममा बाराको कोल्हवी नगरपालिकाका मेयर एवं मधेस प्रदेश महासंघका अध्यक्ष रामप्रसाद चौधरीले वन संरक्षणमा सबैको सहकार्य अपरिहार्य रहेको सुझाव दिए।समितिका अध्यक्ष महमद रिजवानुल हक अन्सारीले वन चोरी तस्करी रोक्नका लागि सबैलाई सतर्क रहन आग्रह गर्दै जनताको दाउरा र काठको आवश्यकता पुरा गर्न समिति सधैं तयार रहेको बताए।

कार्यक्रममा साझेदारी वन उपभोक्ता समितिले वन संरक्षण कार्यमा उल्लेखनीय योगदान पु¥याएका मधेसखबर अनलाइन न्युज पोर्टलका संवाददाता प्रमोद यादव, पत्रकार बलराम शुक्लासहित १५ जनालाई प्रशंसा पत्र, मायाको चिन्ह, फूलमाला र गम्छा लगाएर सम्मानितपनि गरेको थियो ।नेपाल पत्रकार महासंघ पर्साका नवनिर्वाचित सदस्यसमेत रहेका यादव र शुक्लालाई पत्रकारीताका माध्यमले वन संरक्षणमा योगदान पुर्याएको भन्दै सम्मानित गरिएको हो ।

यस्तै डिभिजन वन कार्यालय पर्साका प्रमुख मन्जुर हक अन्सारी, बारा डिभिजन वन कार्यालयका प्रमुख राजिव कुमार झा, साझेदारी वन समूहका पूर्व राष्ट्रिय अध्यक्ष रामरुप कुर्मी, सबैया साझेदारी वनका पूर्व अध्यक्ष लखनलाल साह, गढीमाई साझेदारी वन समूहका पूर्व अध्यक्ष शैलेन्द्र यादव तथा मधेस प्रदेश साझेदारी वन समूहका प्रतिनिधि गणेश साह र सत्यनारायण चौधरीलाईपनि आयोजकले सम्मानित गरेको थियो ।

पर्साको ४० वटा वडामा कार्यक्षेत्र समेटिएको विन्दवासनी कोईलाभर बढनियार साझेदारी वन उपभोक्ता समितिको १० वर्षीय कार्ययोजना मधेस प्रदेशबाट स्वीकृत भएको उपलक्ष्यमा शुभकामना आदान प्रदानपनि गरिएको थियो ।

 

Related posts

सिडिओ कार्यालयमा पासपोर्ट र राष्ट्रिय परिचयपत्रका लागि कार्यालय समय थप

MadhesKhabar

वीरगन्जका बाढी प्रभावित परिवारहरुको ३ दिनदेखि धर्मशालामा बास

MadhesKhabar

पर्सामा ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनबाट १ करोड ५० लाख बढी राजश्व संकलन

MadhesKhabar

Leave a Comment