Madhes Khabar
स्थानिय

सिडिओ कार्यालयमा पासपोर्ट र राष्ट्रिय परिचयपत्रका लागि कार्यालय समय थप

माधुरी महत्तो
वीरगन्ज,०१असार : जिल्ला प्रशासन कार्यालय पर्साले सेवाग्राहीको चापलाइ मध्यननजर गरि कार्यालय समय थप गरेको छ ।

बुधबार एक सुचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले पासपोर्ट (राहदानी र राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप बढेकाले ती दुवै सेवाका लागि समय थप गरेको हो ।

ती दुवै सेवाका लागि सार्वजनिक विदाको दिन बाहेक हरेक दिन बिहान ९ बजे देखि साँझ ५.३० बजे सम्म कार्यालय खुल्ला रहने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जारी गरेको सुचनामा सेवाग्राहीको चाप बढेकाले त्यसैलाइ मध्यनजर गरि पासपोर्ट (राहदानी र राष्ट्रिय परिचयपत्र बनाउने सेवा प्रवाहको समय थप गरिएको उल्लेख छ ।

Related posts

सडक फराकिलो पार्न बिन्दवासिनीमा पनि चल्याे डोजर

MadhesKhabar

पर्साका ३ वटा पालिकाले कानुनको धज्जी उडाए :बजेट,नीति तथा कार्यक्रम निर्धारित समयमा ल्याएनन्

MadhesKhabar

वीरगन्जमा ‘कानु यूथ समाज’ गठन,अध्यक्षमा साह

MadhesKhabar

Leave a Comment