Madhes Khabar
स्थानिय

सिडिओ कार्यालयमा पासपोर्ट र राष्ट्रिय परिचयपत्रका लागि कार्यालय समय थप

माधुरी महत्तो
वीरगन्ज,०१असार : जिल्ला प्रशासन कार्यालय पर्साले सेवाग्राहीको चापलाइ मध्यननजर गरि कार्यालय समय थप गरेको छ ।

बुधबार एक सुचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले पासपोर्ट (राहदानी र राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप बढेकाले ती दुवै सेवाका लागि समय थप गरेको हो ।

ती दुवै सेवाका लागि सार्वजनिक विदाको दिन बाहेक हरेक दिन बिहान ९ बजे देखि साँझ ५.३० बजे सम्म कार्यालय खुल्ला रहने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जारी गरेको सुचनामा सेवाग्राहीको चाप बढेकाले त्यसैलाइ मध्यनजर गरि पासपोर्ट (राहदानी र राष्ट्रिय परिचयपत्र बनाउने सेवा प्रवाहको समय थप गरिएको उल्लेख छ ।

Related posts

बसमा नशालु पदार्थ खुवाएर यात्रु लुट्ने भारतीय वीरगन्जमा पक्राउ

MadhesKhabar

पर्सा र बारामा पूर्णरूपमा नियमित विद्युत् आपूर्ति सेवा सुचारू गर्न १५ दिन लाग्न सक्छ : विद्युत प्राधिकरण

MadhesKhabar

मैले र सरावगीले गरेका कामका फाइल अख्तियारले छानबिन गरेर दाेषीलाई कारबाही गराेस् :मेयर सिंह

MadhesKhabar

Leave a Comment