Madhes Khabar
स्थानिय

सडक फराकिलो पार्न बिन्दवासिनीमा पनि चल्याे डोजर

वीरगन्ज,१६असार: पर्साको बिन्दवासिनी गाउँपालिकाले वडा नम्बर २ बहुवर्वाभाठ्ठामा सडक फराकिलो पार्न सडकको क्षेत्रभित्र पर्ने संरचनाहरु हटाउन सुरु गरेको छ ।

बिन्दबासिनी गाउँपालिकाले शनिबार वडा नम्बर २ बहुवर्वाभाठ्ठामा सन्तु मियाँको घर देखि अवध चौहानको घरसम्मको सडक छेउका संरचना डाेजर लगाएर हटाउन सुरु गरेको गाउँपालिका अध्यक्ष प्रमोद तिवारीले जानकारी दिए ।

शनिबार बहुवर्वाभाठ्ठामा सडक पेटी र सडक छेउमा निर्माण गरिएका घरटहरा डोजर लगाएर हटाइएकाे उनले बताए ।

बिन्दवासिनी गाउँपाकिलाले हाल कायम रहेको सडकलाई २७ फिट चौडा बनाउने भन्दै त्यस क्षेत्रमा पर्ने संरचना हटाउन घरधनीलाई यसअघि ७ दिने सूचना आह्वान गरी जानकारी गराएको थियो ।उक्त सुचना अनुसार स्थानीयले संरचना आफै हटाउने भन्दै १५ दिनको समय लिएका थिए । तर १५ दिन बितिसक्दा पनि स्थानीयले नहटाएका संरचना शनिबारदेखि गाँउपालिकाले डाेजर लगाएर हटाउन थालेकाे अध्यक्ष तिवारीले बताए।

शनिबार पहिलोदिन लगभग २ किलोमिटर लामो दूरीमा परेका घरहरूमा डोजर लगाई सडक फराकिलो बनाइएको उनले बताए ।

Related posts

समाजवादी प्रेस संगठन पर्साको अध्यक्षमा मनोज पटेल चयन

MadhesKhabar

वीरगन्ज महानगरमा दैनिक दुई पटक उठाइन्छ फोहोर

MadhesKhabar

दोहोरो प्रेममा परेकी राधाले नै भारतीय सुटर बोलाएर रुपेशको हत्या गराएको पुष्टी

MadhesKhabar

Leave a Comment