Madhes Khabar
स्थानिय

वीरगन्जमा पत्रकारहरुमाथि आक्रमण गर्नेहरुलाई कारबाही गर्न स्थानीय प्रशासनसंग पत्रकार महासंघको माग

वीरगन्ज,०३ बैशाखःनेपाल पत्रकार महासंघ पर्साले वीरगन्जमा मंंगलबार भएको प्रदर्शनका क्रममा पत्रकारहरुलाई आक्रमण गरेर घाइते बनाउनेहरुलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाएको छ ।

मंगलबार बेलुकी जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि हिन्दुवादीहरुले गरेको प्रदर्शनको समाचार संकलन गर्ने क्रममा ढुंगा र लाठीचार्जबाट एभी न्युज टिभीका अर्जुन गुप्ता,मध्य नेपाल सन्देशका अनिल ओेझा र चन्द्रसूर्य वाणीका धिरेन्द्र तिवारी घाइते भएका थिए ।

बुधबार पत्रकार महासंघ पर्सा शाखाले पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापनपत्र बुझाएको हो ।समाचार संकलनकै क्रममा पत्रकारहरुमाथि भएको आक्रमणका दोषीहरुको पहिचान गरेर कानुनी कारबाहीको दायरामा ल्याउन पत्रकार महासंघ पर्सा शाखाले माग गरेको छ ।

साथै प्रदर्शनको समाचार सामग्री संकलन गरिरहेका सञ्चारकर्मीहरु ढुङ्गा र प्रहरीको लाठीचार्जको निशानामा पर्नु अत्यन्तै दुखद र खेदजनक भएको पत्रकार महासंघले जनाएको छ ।

आम नागरिक र पत्रकारको सुरक्षाको जिम्मेवारी लिएको प्रहरी प्रशासनले समाचार संकलनमा खटिएका सञ्चारकर्मीलाई सुरक्षित र भयरहित तरिकाले समाचार संकलन र सम्प्रेषण गर्ने वातावरणको ग्यारेन्टी गर्नुपर्ने पनि पत्रकार महासंघ पर्साले माग गरेको छ।

ज्ञापनपत्र बुझाउन गएको टोलीमा पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनाल,उपाध्यक्ष निलिममा पौडेल सचिव विजय महतो,कोषाध्यक्ष सन्जिव मिश्रा,सहसचिवद्वय अजय चौरसिया र एसके चौरसिया,प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष निरन्जन मिश्रा,प्रेस युनियन पर्साका उपाध्यक्षद्वय क्रान्ति शाह र अलि असगर देवान,प्रेस सेन्टर पर्साका अध्यक्ष शीवनाथ यादव लगायतकाको सहभागीता थियो ।

Related posts

पुर्व मेयर पाैडेलकाे शाेकमा जीतपुरसिमरा उपमहानगरमा आज सार्वजनिक बिदा

MadhesKhabar

सहिद दिवसमा कांग्रेसद्वारा वीरगन्जमा १० जना सम्मानित

MadhesKhabar

द्वन्द्वलाई उक्साउने सामग्री मिडिया र साेसल मिडियामा नराख्न पर्साका सिडिओ भुसालको आग्रह

MadhesKhabar

Leave a Comment