Madhes Khabar
स्थानिय

पर्सागढी नगरपालिकाको बजेट ५५ करोड ७० लाख , कृषि , शिक्षा र पर्यटन प्राथमिकतामा

प्रमोद यादव
पर्सा, ९ असार  : पर्साको पर्सागढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ५५ करोड ७० लाख बराबरको नीति , कार्यक्रम तथा बजेट ल्याएको छ ।

शनिबार सम्पन्न नगरपालिकाको नवौं नगरसभामा उपमेयर पूजा चौधरीले आगामी आर्थिक वर्षका लागि ५५ करोड ७० लाख ३८ हजारको बजेट प्रस्तुत गरेकी हुन् ।

नगरसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर गोकर्ण पाठकले नीति तथा कार्यक्रममा पर्सागढी नगरपालिकाले कृषि , शिक्षा , पर्यटन तथा पूर्वाधार विकासलाई प्राथकिता दिएको बताए ।

मेयर पाठककै अध्यक्षतामा भएको नगरसभामा उत्कृष्ट कर्मचारीका रुपमा वडा सचिव कुशुम दास र महिला तथा बालबालिका शाखाकी कर्मचारी चेतकुमारी तिमल्सिनालाई दोसल्ला ओढाएर नगद रकम प्रदान गरी सम्मानपनि गरिएको थियो ।

नगरसभामा प्रमुख प्रशासकीय अधिकृत छविरमण भट्टराई, सबै वडाका वडाअध्यक्ष, वडासदस्य , नगरपालिकाका कर्मचारी, स्थानीय पत्रकारहरु प्रमोद प्रसाद यादव,बलिराम शुक्ला,रन्जन यादव,चिरञ्जीवी यादव लगायतको पनि उपस्थिति रहेको थियो ।

 

Related posts

खानेपानी मन्त्रीसंग वीरगन्जका जनप्रतिनिधीको गुहार : मन्त्री ज्यु पानीको संकट समाधान गरिदिनुस्

MadhesKhabar

वीरगन्ज १५ मा सडक निर्माणमा असहयोग गर्नेहरुको पक्की घरमा चल्यो महानगरको डोजर

MadhesKhabar

पर्सा -बाराका पालिकाले विधुतको करोडौं महसुल तिर्न बाँकी, ४५ दिनमा नतिरे लाइन काट्ने चेतावनी

MadhesKhabar

Leave a Comment