Madhes Khabar
मधेस प्रदेश राजनीति समाचार

जनकपुरका काँग्रेस नगरसभापति साहले गरे विद्रोह – मेयरमा स्वतन्त्रबाट लड्ने घोषणा

माधुरी महत्तो
वीरगन्ज , ०९ बैशाख
: मधेस प्रदेशको राजधानी जनकपुर उपमहानगरपालिकाका काँग्रेस नगरसभापति सहित कार्यसमितिका पदाधिकारीले काँग्रेस परित्याग गरेका छन् ।
काँग्रेसका उपमहानगर सभापति मनोज साहले स्वतन्त्रबाट मेयर पदमा चुनाव लड्ने घोषणा गर्दै काँग्रेसको साधरण सदस्य समेत नहरने गरि राजीनामा दिएका हुन् ।
नगरसभापति साहसंगै सचिव लालबाबु मिश्र , कोषाध्यक्ष वीरेन्द्र यादव गरि २ सय ५० जनाले राजीनामा दिदै काँग्रेस परित्याग गरेका हुन् ।
सत्तागठबन्धनमा जनकपुर उपमहानगरको मेयर जनता समाजवादी पार्टी जसपालाइ दिने सहमति भएपछि त्यसको विरोध गर्दै नगरसभापति साह सहितकाले विद्रोह गर्दै शुक्रबार सामुहिक राजीनामा दिएका हुन् ।
शुक्रबार जनकपुरमा पत्रकार सम्मेलन गरि काँग्रेस नगरसभापति साहले आफु अब स्वतन्त्रबाट मेयरमा चुनाव लड्ने घोषणा गरे ।
साहले भने ,‘ जनकपुर काँग्रेसले सहजै जित्ने भएपनि केन्द्रीय नेतृत्वले मेयर जसपालाइ आत्माघाती कदम चालेको छ , अब म स्वतन्त्र भए , मेयरमा लड्छु , चुनावचिन्ह जे पाएपनि पुरै उपमहानगरका काँग्रेसीले मलाइ भोट दिएर जिताउछन् ।
गठबन्धनको निर्णय नमान्नेलाइ पार्टीबाट कार्वाही गर्ने गृहमन्त्री बालकृष्ण खाँडले चेतावनी दिएकाले आफुले पार्टीबाट राजीनामा दिएको साहले बताए ।
साहले उम्मेदवारी दर्ताको समय बैशाख ११ गते सम्म जनकपुरको सन्दर्भमा यदि कांग्रेस नेतृत्व सच्चिए आफुु फेरि काँग्रेसमा फर्किने पनि बताए ।

Related posts

पर्सामा विपद प्रभावितको उद्धारमा खट्न जनमत पार्टीका नेता कार्यकर्तालाई अध्यक्ष सर्राफको आह्वान

MadhesKhabar

निकट भविष्यमा नेपालले महिला प्रधानमन्त्री पाउँदैछ : खानेपानी मन्त्री यादव

MadhesKhabar

जसपा नेपाल पर्सागढीको सम्पूर्ण कमिटी जसपामा प्रवेश,उपमहासचिव यादवले गरे स्वागत

MadhesKhabar

Leave a Comment