Madhes Khabar
समाचार हेडलाइन

महिला नेतृत्व र लैङ्गिक समानतामा जोड दिँदै युएन वुमेनकी उपकार्यकारी निर्देशक नेपालमा

 वीरगन्ज, बैशाख ३१:संयुक्त राष्ट्रसंघीय संस्था युएन वुमेनकी उपकार्यकारी निर्देशक तथा सहायक महासचिव न्यारादागी गुम्बोनज्यान्डा नेपाल भ्रमणमा आएकी छन् ।

उनको भ्रमणले नेपालमा महिला सशक्तिकरण, लैङ्गिक समानता तथा महिला नेतृत्व विकासका विषयलाई थप प्राथमिकता दिने अपेक्षा गरिएको छ ।

नेपाल भ्रमणका क्रममा गुम्बोनज्यान्डाले नेपाल सरकारका उच्च अधिकारी, संयुक्त राष्ट्रसंघीय निकाय, विकास साझेदार तथा महिला अधिकारका क्षेत्रमा कार्यरत विभिन्न संस्थासँग भेटवार्ता गरिरहेकि छन् ।

छलफलका क्रममा महिला अधिकार, समावेशी विकास, आर्थिक सशक्तिकरण तथा निर्णय प्रक्रियामा महिलाको सहभागिताबारे विशेष चर्चा भएको जनाइएको छ ।

उनले महिलाको नेतृत्व विकास र आर्थिक पहुँच विस्तारमा अझ प्रभावकारी कार्यक्रम आवश्यक रहेको बताउँदै समाजका सीमान्तकृत महिला तथा किशोरीहरूको सशक्तिकरणमा विशेष ध्यान दिनुपर्ने धारणा राखिन । साथै, सामाजिक न्याय र लैङ्गिक समानताका लागि सरकार, अन्तर्राष्ट्रिय संस्था तथा समुदायबीच सहकार्य बलियो हुनुपर्नेमा जोड दिईन,।

युएन वुमेन नेपालका अनुसार भ्रमण अवधिमा महिला अधिकार, समावेशी नीति तथा दिगो विकासका विषयमा विभिन्न अन्तरक्रिया तथा कार्यक्रम आयोजना गरिनेछ । संस्थाले नेपालमा महिला नेतृत्व प्रवर्द्धन तथा लैङ्गिक समानताको क्षेत्रमा निरन्तर सहकार्य गर्दै आएको जनाएको छ ।

गुम्बोनज्यान्डाको भ्रमणलाई नेपालमा महिला अधिकार र समावेशी विकासका मुद्दालाई अन्तर्राष्ट्रिय स्तरमा थप सशक्त बनाउने अवसरका रूपमा हेरिएको छ ।

Related posts

‘धोती दिवस’ मनाउदा पक्राउ परेकाहरुकाे रिहाइको माग गर्दै वीरगन्जमा प्रदर्शन

MadhesKhabar

सिमरा घटनापछि बाराका एसपी तामाङ हेडक्वाटर तानिए,अब बारामा आउने एसपी काे ?…

MadhesKhabar

गर्मीका कारण पाेखरिया नगरपालिकाका विद्यालयहरु पनि ३ दिनका लागि बन्द

MadhesKhabar

Leave a Comment