
माधुरी महत्तो
वीरगन्ज,२०जेठः पर्साको सखुवा प्रसौनी गाँउपालिकाको कार्यपालिका सदस्य निर्वाचनमा नेकपा एमालेले क्लीन स्वीप गरेको छ ।शुक्रबार भएको निर्वाचनमा गाँउ कार्यपालिकाका ६ वटै सदस्यमा एमालेका उम्मेदवार विजयी भएका हुन् ।
दुइ जना दलित वा अल्पसंख्य सदस्यमा एमालेका महादेव साह कलवार र लाल बहादुर उराव निर्वाचित भएका हुन् । यस्तै महिला सदस्यमा पनि एमालेकै गिरिजा देवी थरुनी , श्रीकान्ति देवी महत्तो थरुनी ,झप्सी दुसादीन र हसिना खातुन निर्वाचित भएका हुन् ।
शुक्रबार भएको निर्वाचनमा ६ सदस्य पदका लागि एमालेले एक्लै उम्मेदवारी दिएको थियो भने नेपाली काँग्रेस र जसपाले भने गठबन्धन गरेका थिए ।
बैशाख ३० गते भएको निर्वाचनमा ६ वटा वडा रहेको सखुवा प्रसौनी गाँउपालिकामा एमालेले गाँउपालिका अध्यक्ष सहित २ वडा अध्यक्ष , जसपाले गाँउपालिका उपाध्यक्ष सहित २ वडा अध्यक्ष र काँग्रेसले २ वडा अध्यक्ष मात्र जितेको थियो ।

