Madhes Khabar
मधेस प्रदेश हेडलाइन

काठमाण्डौमा मधेसीलाई धोती भनेर अपमानित गर्नेहरुलाइ कारबाही गर्न मधेसी आयोगको माग

मधेसखबर
वीरगन्ज,१५ मंसिर : मधेसी आयोगले मधेसी समुदायलाई अपमानित गर्ने गरि अभिव्यक्ति दिनेलाई कारबाही गर्न सरकारसंग माग गरेको छ ।

काठमाण्डौंमा चलिरहेको सुकुम्बासी आन्दोलनका क्रममा काठमाण्डौ महानगरका मेयर बालेन साह माथि आक्रोश पोख्ने क्रममा आन्दोलनकारीले मधेसी समुदायलाइ अपमानित र सामाजिक सदभावमा नै खलल पर्ने गरि धोती , मधेसी र भिखारी जस्ता अपमानजनक शब्द प्रयोग गरेको भिडियो सामाजिक सन्जालमा भाइरल भएको प्रति मधेसी आयोगको ध्यानाकर्षण भएको छ ।

आयोगले बिहीबार सम्पूण मधेसी समुदायलाई नै अपमानित गर्ने गरि आएको उक्त भिडियोमा बोल्ने व्याक्तिहरुलाई तत्काल पक्राउ गरि कारबाही गर्न गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयमा उजुरी पनि दिएको छ ।

Related posts

पर्सा जिल्लामा सुरक्षाका दृष्टिकोणले ६२ वटा मतदानस्थल ‘अतिसंवेदनशील’

MadhesKhabar

बारामा एकै परिवारका तीन जनाको हत्या

MadhesKhabar

पर्साको सिडिओ कार्यालयमै ठेकेदारहरु बिच हानाहान , चौरसिया प्रहरी नियन्त्रणमा

MadhesKhabar

Leave a Comment