Madhes Khabar
मधेस प्रदेश हेडलाइन

काठमाण्डौमा मधेसीलाई धोती भनेर अपमानित गर्नेहरुलाइ कारबाही गर्न मधेसी आयोगको माग

मधेसखबर
वीरगन्ज,१५ मंसिर : मधेसी आयोगले मधेसी समुदायलाई अपमानित गर्ने गरि अभिव्यक्ति दिनेलाई कारबाही गर्न सरकारसंग माग गरेको छ ।

काठमाण्डौंमा चलिरहेको सुकुम्बासी आन्दोलनका क्रममा काठमाण्डौ महानगरका मेयर बालेन साह माथि आक्रोश पोख्ने क्रममा आन्दोलनकारीले मधेसी समुदायलाइ अपमानित र सामाजिक सदभावमा नै खलल पर्ने गरि धोती , मधेसी र भिखारी जस्ता अपमानजनक शब्द प्रयोग गरेको भिडियो सामाजिक सन्जालमा भाइरल भएको प्रति मधेसी आयोगको ध्यानाकर्षण भएको छ ।

आयोगले बिहीबार सम्पूण मधेसी समुदायलाई नै अपमानित गर्ने गरि आएको उक्त भिडियोमा बोल्ने व्याक्तिहरुलाई तत्काल पक्राउ गरि कारबाही गर्न गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयमा उजुरी पनि दिएको छ ।

Related posts

मधेसका किसानलाई निःशुल्क सिँचाइ मिटर उपलब्ध गराउने प्रदेश सरकारको तयारी

MadhesKhabar

मधेसलाई हराउँदै आर्मी जय ट्रफीको फाइनलमा

MadhesKhabar

देउवाले एकलाैटी गरेकाले गठबन्धन भत्किएकाे शेखर काेइराला समुहकाे निष्कर्ष

MadhesKhabar

Leave a Comment