Madhes Khabar
स्थानिय हेडलाइन

पर्साको सिडिओ कार्यालयमै ठेकेदारहरु बिच हानाहान , चौरसिया प्रहरी नियन्त्रणमा

 

फाइल फोटो

मधेसखबर
वीरगन्ज, २८ जेष्ठ : निर्माण व्यवसायी संघ पर्साका पूर्वअध्यक्ष रामाकान्त चौरसियालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।जिल्ला प्रशासन कार्यालय पर्सामा आइतबार भइरहेको छलफलका क्रममा अर्को पक्षमाथि हातपात गर्नुका साथै कार्यालयको फर्निचर तोडफोड समेत गरेको आरोपमा चौरसियालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

आर्थिक लेनदेनका विषयमा परेको उजुरीका विषयमा आइतबार पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलको रोहबरमा उनकै कार्यकक्षमा चौरिया र ढुङगा गिट्टीका ठेकेदार त्रिपुरारी प्रसाद बिच छलफल चलिरहेको थियो । छलफल चलिरहकै बेला चौरसियाले त्रिपुरारीमाथि हातपात गर्दै कार्यालयमा रहेको टेबल तोडफोड समेत गरेपछि उनलाई नियन्त्रणमा लिइएको पर्साका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए । चौरसियालाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको बुढाथोकीले बताए ।

यता सहायक प्रमुख जिल्ल अधिकारी पौडेलले भने , छलफलकै क्रममा उनीहरुले एक अर्कामाथि हातपात गर्दै तोडफोड समेत गरेपछि प्रहरीको जिम्म लगाएर जिल्ला प्रहरी कार्यालय पठाइदिएको पौडेलले जानकारी दिए । पौडेलले भने, चौरसिया र त्रिपुरारी जनाबिच लेनदेनका विषयमा लामो समयदेखि विवाद थियो , त्यसैबारे मेरो कार्याकक्षमा दुवै पक्षलाई राखेर छलफल भइरहेको थियो , छलफल चलिरहेकै बेला एकले अर्कोमाथि हात हालेपछि हानहान भयो, मेरो कार्यकक्षको एउटा टेबलसमेत तोडफोड गरे ।

Related posts

पोखरियामा इलाका प्रशासन र मालपोतको सेवा केन्द्र राख्न माग गर्दै गृहमन्त्री लामिछानेलाई ज्ञापनपत्र

MadhesKhabar

मधेसका राजमार्ग र बजार क्षेत्रमा सार्वजनिक शौचालय नहुदाँ सास्ती खेप्न बाध्य छन् महिलाहरु

MadhesKhabar

किसानलाई बजारको भन्दा आधा भाउमा गँहुको बीउ बाँड्दै वीरगन्ज महानगर

MadhesKhabar

Leave a Comment