Madhes Khabar
गण्डकी प्रदेश हेडलाइन

७२ जना सवार जहाज पोखरामा दुर्घटनाग्रस्त , उद्धार कार्य जारी

फोटो : अन्नपूर्णपोष्टबाट

मधेसखबर
वीरगन्ज,०१माघः पोखरामा आइतबार बिहान ७२ जनासवार रहेको यति एयरलाइन्सको विमान (जहाज) दुर्घटनामा परेको छ । काठमाण्डौबाट पोखराका लागि उडेको ६८ जना यात्रु र चार जना चालक दलसहित ७२ जना सवार विमान पोखराको घारेपाटन स्थित सेती नदिको खोचमा खसेर दुर्घटनाग्रस्त भएको हो ।

बिहान १०बजेर ५ मिनेटमा काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एसीएनसी विमानमा चालक दलका ४ जना सहित ६८ यात्रु सवार रहेको त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए ।

दुर्घटनास्थलबाट अहिले सम्म ३० जनाको शव निकालिएको र शव चिन्न जलेर चिन्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना सहितको टोलीले उद्धार गरिरहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी गराए ।

पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एअरपोर्ट र नयाँ एअरपोर्टको बीचमा रहेको सेती किनारमा विमान दुर्घटना भएको हो ।घटनामा के कति क्षति भएको एकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Related posts

नवनिर्वाचित उपराष्ट्रपति यादवले लिए शपथ

MadhesKhabar

काँग्रेसका सिटाैलालाई हराउदै राप्रपा अध्यक्ष लिङदेन विजयी

MadhesKhabar

सिमलताल दुर्घटनाका थप २ यात्रुको शव बिहारको बगाहामा भेटियो

MadhesKhabar

Leave a Comment