Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

उदाँउदो सूर्यलाई अर्घ दिएसँगै सकियो छठ

Chhath

वीरगन्ज,२३कार्तिक: शुक्रबार बिहान उदाँउदो सूर्य भगवान र छठी मातालाई अर्घ दिएसंगै यसपालिको छठ पर्व विधिवत समापन भएको छ।

 

कार्तिक शुक्लपक्षको सप्तमी तिथिका दिन आज अर्थात शुक्रबार बिहान वीरगन्जका पनि छठ घाटको जलाशयमा ब्रतालुहरुले उदाँउदो सूर्य भगवान र छठी मातालाई अर्घ दिएसँगै छठ पर्व विधिवत रुपमा समापन भएको हो।

श्रद्धा, भक्ति र लोकआस्थाको चाड छठ पर्ब मंगलबारदेखि विधिवत शुरु भएको थियो। सत्य र अहिंसा प्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने महान् चाड छठ पर्ब कात्तिक शुक्लपक्षमा चार दिनसम्म मनाइन्छ।

छठ पर्वको पहिलो दिनलाई नहाए खाएको दिन पनि भन्ने गरिन्छ। छठ पर्वको पहिलो दिन छठका व्रतालुहरुले खोला, नाला, नदी, पोखरी , तलाउ लगायतका जलाशयमा नुहाइधुवाई गरेर शुद्ध भई लसुन र प्याज बेगरको चोखो शाकाहारी भोजन ग्रहण गरेका थिए।

छठको दोश्रो दिन ‘खरना’गरि ब्रतालुहरुले ३६ घण्टे निर्जल ब्रत शुरु गरेका थिए। छठको तेस्रो दिन अर्थात षष्ठी तिथिमा बिहीबार छठको मुख्य दिन ब्रतालुहरुले नदि, पोखरी , तलाउलगायतका जलाशयमा तयार पारिएको छठघाटमा पुगेर साँझ पख अस्ताउदो सूर्य भगवान र छठीमातालाई अर्घ दिएका थिए।

nullशुक्रबार सप्तमी तिथीका दिन बिहान सूर्य उदाउनुभन्दा पहिले नै ब्रतालुहरु सुपली र ढकनीमा सजाएर राखिएको प्रसाद , फलफूल लिएर छठघाटको जलशायमा पसेर उदाउँदै गरेका सूर्य र छठीमातालाई अर्घ दिएका थिए।

सुर्यलाइ अर्घ दिएपछि छठघाटमै ब्रतालु महिलाहरुले एक अर्काको नाकको टुप्पादेखि सिउँदो सम्ममा सिन्दुर लगाईदिन्छन्। त्यसपछि उनीहरु आ आफनो घर फर्किन्छन्। उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व विधिवत रुपमा समापन हुन्छ। यस दिनलाई ‘परना’वा ‘पारन’भन्ने चलन पनि छ।

Related posts

पर्सा २ मा काँग्रेसको लोकप्रियता बढ्दै, जसपाका प्रभावशाली नेताहरु काँग्रेस प्रवेश

MadhesKhabar

मधेसका उखु किसानले अझै पाएनन् सरकारी अनुदान रकम

MadhesKhabar

जसपाबाट टिकट नपाएपछि जन्नत अन्सारीले दिए स्वतन्त्र उम्मेदवारी

MadhesKhabar

Leave a Comment