मधेसखबर
वीरगन्ज,१३ साउन : दाताहरूको शहर भनेर चिनिने वीरगन्जमा समाज सेवाको नँया अभियान शुरु भएको छ । वीरगन्जमा एक सामाजिक संस्थाले ५ रुपैयाँ मै खाना खुवाउने अभियान शुरु गरेको छ ।
फोर जि आर नामक संस्थाले “घरको खाना सबैको चाहना” भन्ने नारा सहित हरेक शुक्रबारका दिन ५ रुपैयाँ मै खाना खुवाउने अभियान शुरु गरेको हो ।
उक्त अभियानको शुभारम्भ शुक्रबार घण्टाघरको छेउमा रहेको बिपी पार्क अगाडि स्टल राखेर गरिएको हो ।
पछिल्लो समय फरक फरक शैलीमा सामाजिक कार्य गरि छुट्टै पहिचान बनाएको फोर जि आर संस्थाले कसैको सम्मानमा ठेस नपुर्याइ गरिब , मजदुर देखि आवश्यकता भएका जो कोही सर्वसाधारण जनतालाई लक्षीत गरि साताको हरेक शुक्रबार ५ रुपैयाँ मै खाना खुवाउने अभियान थालिएको संस्थाकी अध्यक्ष नुतुन सरावगीले बताइन् ।

