Madhes Khabar
स्वास्थ्य हेडलाइन

वीरगन्ज महानगरले सञ्चालनमा ल्यायाे आफ्नै सर्वसुलभ स्वास्थ्य ल्याब

वीरगन्ज, २८ असोज: वीरगन्ज महानगरपालिकाले आफ्नै जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा ल्याएको छ । नगरवासिलाई सहुलियत दरमा स्वास्थ्य परीक्षण(ल्याब) सेवा उपलब्ध गराउने उद्धेश्यले महानगरले आफ्नै प्रयोगशाला सञ्चालनमा ल्याएको हो ।
आइतबार प्रयोगशालाको उद्घाटन गर्दै पूर्व वन तथा वातावरणमन्त्री प्रदीप यादवले सर्वसुलभ शुल्कमा स्वास्थ्य परीक्षण सेवा पाउनु आम नागरिकको लागि याे प्रयाेगशाला बरदान सरह भएको बताए। नागरिकले निजी स्वास्थ्य संस्थामा जाँच गर्नु पर्दा महङ्गो शुल्क तिर्नुका साथै सास्ति खेपिरहेको भन्दै उनले महानगरले सञ्चालनमा ल्याएको जनस्वास्थ्य प्रयोगशाला जनहितकारी रहेको पनि बताए ।
वीरगन्ज महानगरपालिकाले बाहिरका निजी स्वास्थ्य संस्थाकाे भन्दा निकै सस्तो शुल्कमा स्वास्थ्य परीक्षण गर्ने उदेश्यले वडा नम्बर ३ मालपोत कार्यालय अगाडीको चोकमा ल्याब सञ्चालनमा ल्याएको हो ।
ल्याबमा उच्चस्तरीय प्रविधिका परीक्षण मेसिन राखिएको र अहिले विभिन्न ५४ प्रकारका परीक्षण हुने गरि सेवा सुरु गरिएको महानगरका मेयर राजेशमान सिंहले बताए । कालाजार, मलेरिया र एचआइभी परीक्षण भने ल्याबमा निशुल्क गरिने र अन्य परीक्षणका लागि पनि चाँडै आवश्यक प्रविधि जडान गर्ने गरि काम भइरहेको पनि उनले बताए  ।
महानगरपालिकाले ३३ लाखको लागतमा हल, शौचालय सहित ४ कोठा भवन निर्माण गरेर  प्रयोगशाला सज्चालनमा ल्याइएको हो ।प्रयोगशालाका लागि प्रयोग भएका उपकरण भने मधेस प्रदेश सरकारकाे सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको मेयर सिंहले जानकारी दिए ।
उनका अनुसार प्रयोगशालामा सीबीसी १ सय ७५रुपैयाँ , लिभर फंक्सन टेस्ट २ सय रूपैयाँ र लिपिट प्रोफाइल टेस्ट ३ सय रुपैयाँमा नै परीक्षण गरिने छ । बाहिर निजी प्रयोगशालाहरुले अहिले सीबीसी, लिभर फंक्सन टेस्ट, लिपिट प्रोफाइल टेस्ट परीक्षण गराउँदा ७ सय रुपैयाँदेखि १ हजार रुपैयाँ सम्म लिने गरेका छन् ।
सबैखाले परिक्षणमा नगरवासीले बजारमूल्य भन्दा ७५ प्रतिशत सस्तो परिक्षण सेवा प्राप्त गर्न सक्ने महानगर मेयर सिंहले बताए ।
त्यस्तै प्रयोगशालामा जेष्ठ नागरिक (बृद्द भत्ता पाईरहेका), मृगाैला पिडित, क्यान्सर पिडित, एचआईभी  संक्रमित, सहिद परिवार र मधेस आन्दोलनमा घाईते तथा विपन्न परिवारलाई सबैखाले परिक्षणमा ९० प्रतिशत छुट र अपांगता भएका व्यक्तिहरूलाई ५० प्रतिशत छुटकाे व्यवस्था मिलाइएको पनि मेयर सिंहले बताए  ।
स्वास्थ्य सेवा नगरवासीकाे घरदैलोमै पुर्याउन अहाेरात्र काम गरिराखेकाे वीरगन्जज महानगरले एक पछि अर्काे स्वास्थ्य सेवाका कार्यक्रम सञ्चालन गर्दै जाने विश्वास दिलाउँदै सुलभ दरकाे प्रयाेगशाला सेवाकाे लाभ लिन पनि मेयर सिंहले नगरवासीमा अनुराेध गरे ।
उद्घाटन कार्यक्रममा नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.चित्तरन्जन साहले महानगरले संचालनमा ल्याएको प्रयोगशाला नारायणी अस्पतालको भन्दा पनि सुलभ रहेको भन्दै परीक्षण गर्ने मेसिन पनि गुणस्तरीय रहेको बताए ।
कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले महानरका विभिन्न ६ ठाउँमा प्रयोगशाला संचालनमा ल्याउने नीति बमोजिम आज पहिलो ल्याब संचालनमा ल्याइएको बताए ।
उद्घाटन कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय पर्साका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रसाशक डा.मुक्ति नारायण साह, वडाअध्यक्षहरु बैजुलाल श्वर्णकार, जगत साह कानु, प्रदीप चौरसिया, शम्भु मिश्र लगायतको सहभागिता  थियो ।

Related posts

सरस्वती पूजाको मुर्ति बिर्सजनमा फरक समुदायले अवरोध गरे प्रतिकारमा उत्रने हिन्दुहरुको चेतावनी

MadhesKhabar

छपकैयामा ब्युटिसियन पुनमको हत्या लागु पदार्थका दुव्यर्सनी युवकले गरेको खुलासा

MadhesKhabar

नेपाल पत्रकार महासंघ पर्सामा पत्रकारहरुले नै गरे तालाबन्दी

MadhesKhabar

Leave a Comment