Madhes Khabar
शिक्षा हेडलाइन

वीरगन्जका निजी विद्यालयका लागि १० बुँदे निर्देशन जारी,पालना नगरे महानगरले लाइसेन्स नै रद्ध गर्ने

वीरगन्ज,४भदौं : वीरगन्ज महानगरपालिकाले निजी (संस्थागत ) विधालयहरुका लागि १० बुँदे निर्देशन जारी गरेको छ । महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेले मंगलबार १० बुँदे निर्देशन जारी गरेका हुन् ।

महानगरले जारी गरेको १० बुँदे निर्देशन अक्षरश पालना गर्न आग्रह गर्दै महानगरले अनुगमनका क्रममा यदि ती निर्देशन कार्यान्वयन नगरेको भेटिएमा सम्बन्धित विद्यालयले लिएको अनुमति नै रद्ध गर्ने चेतावनी समेत दिएको छ।

महानगरको शैक्षिक प्रशासनले निजी विद्यालयहरुका लागि जारी गरेको १० बुँदे निर्देशनमा अनुमति प्राप्त गरेको कक्षासम्म मात्र सञ्चालन गर्नुपर्ने,अनुमति प्राप्त गरेको कक्षाभन्दा माथिल्लो तहको कक्षा सञ्चालन गर्न नपाइने,कक्षा सञ्चालनको अनुमति प्राप्त गरेर पनि कक्षा सञ्चालन नगरेको भएमा नियमानुसार अनिवार्य रुपमा गर्नुपर्ने ,अनुमति प्राप्त गरेको स्थान र नामबाट मात्र विद्यालय सञ्चालन गर्नुपर्ने उल्लेख छ ।

यस्तै विद्यालयको ठाउँसारी र नामसारीको हकमा महानगरपालिकाको कार्यालयबाट त्यस सम्बन्धी अनुमति पत्र लिई मात्र सञ्चालन गर्नु पर्ने, अनुमति प्राप्त गरेको पत्र, व्यवसाय दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, सम्पति कर, घर बहाल कर, नवीकरण गरेको प्रमाणपत्र, शुल्क विवरण र उपलब्ध हुने सुविधाहरु सहितको कागजातहरु सम्बन्धित सबैले देख्ने गरी विद्यालयको कार्यालय कोठामा राख्नुपर्ने,स्कुल बस निर्देशिका, २०७४ ले तोकेको रंग र मापदण्डको परिधिमा रहेर मात्र विद्यालय सवारी साधन (बस ÷ भ्यान) सञ्चालन गर्नुपर्ने पनि महानगरको निर्देशनमा उल्लेख छ ।

यसैगरि शैक्षिक सत्र २०८२ मा नियमानुसार कक्षा ( ० –८ ) सम्म छात्रवृत्ति प्रदान गरेका नामनामेसी सहितको कक्षागत विद्यार्थीहरुको विवरण शैक्षिक प्रशासन महाशाखामा यहि भदौं गतेभित्र अनिवार्य रूपमा पेस गर्नुपर्ने , पाठ्यक्रम विकास केन्द्रको परिपत्र अनुसार स्वीकृत पाठ्यपुस्तक, पाठ्यसामग्री, र सिकाईसामग्री मात्र प्रयोग गर्नुपर्ने ,विद्यालय हाताभित्रबाट पाठ्यपुस्तक,अन्य सामग्री,पोशाक लगायतका कुनै पनि किसिमको सामग्रीहरु विक्री वितरण नगर्न पनि महानगरपालिकाले अनुरोध गरेको छ ।

महानगरका यी निर्देशन अक्षरश कार्यान्वयन नगरेको भेटिएमा सम्बन्धित विद्यालयको अनुमति नै रद्ध गर्ने चेतावनी समेत महानगरपालिकाले दिएको छ।

 

Related posts

झापा–५ मा केपी ओलीलाई ४९ हजार बढी मतले हराउँदै बालेन शाह विजयी

MadhesKhabar

पर्सामा काँग्रेसका उम्मेदवारलाइ जिताउन सकृयताका साथ लाग्ने प्रेस युनियनको प्रतिबद्धता

MadhesKhabar

वीरगन्जकाे दशैं मेलामा साेनार समाजद्वारा निशुल्क स्वास्थ्य शीवीर सन्चालन

MadhesKhabar

Leave a Comment