Madhes Khabar
राजनीति हेडलाइन

झापा–५ मा केपी ओलीलाई ४९ हजार बढी मतले हराउँदै बालेन शाह विजयी

काठमाडौं,२३ फागुनः झापा क्षेत्र नम्बर ५ बाट रास्वपा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् ।

अन्तिम मतपरिणाम अनुसार, बालेन ६८ हजार ३४८ मतसहित निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेका हुन् ।एमाले अध्यक्ष ओलीले भने १८७२४ मत प्राप्त गरे । उनीहरूबीच ४९, ६१४ मतको अन्तर रह्यो ।

झापा–५ यसवर्षको निर्वाचनमा सबैभन्दा बढी चर्चाको केन्द्रमा रहेको थियो । काठमाडौं महानगरका पूर्वमेयर बालेन शाहले उम्मेदवारी दिएसँगै यो क्षेत्रमा ओलीसँग हुने प्रतिस्पर्धालाई लिएर चर्चा चुलिएको हो ।

Related posts

जनमत पार्टीको दाबी : मधेसमा दुई महिनामै १० हजार जना जनमतमा प्रवेश गरे

MadhesKhabar

वीरगंज २७ अलौँमा उम्मेदवार कानुको घरदैलो सम्पन्न

MadhesKhabar

आसिफ र आरिफलाई वीरगन्जमा नागरिक अभिनन्दन , महानगरले दियो दुवैलाइ मोटरसाइकल

MadhesKhabar

Leave a Comment