Madhes Khabar
मधेस प्रदेश हेडलाइन

गरुडामा झडप हुदाँ ११ राउन्ड हवाइ फायर, प्रहरी सहित सात जना घाइते

राैतहट,२९चैत : राैतहटकाे गरुडा नगरपालिकाको कार्यालयमा ढुंगामुढा गरेपछि प्रहरीले ११ राउण्ड हवाइ फायर गरेको छ।

गरुडा नगरपालिकामा भ्रष्टाचार भएको भन्दै आन्दोलन गर्दै आएका गरुडाका दीपक यादवका समर्थकले बुधबार नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्न खोज्दा प्रहरीसँग झडप भएको छ।

इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक विरेन्द्र पासवानको कमाण्डमा सुरक्षाकर्मीहरू नगरपालिकालाई सुरक्षा दिन जाँदा प्रहरीसँग झडप भएको हाे।

नगरपालिकाको कार्यालयमा ताला लगाउन खोज्दा दीपक यादवको समूहलाई प्रहरीले रोकपछि प्रदर्शनकारीले ढुंगामुढा गर्दै टिपर, मोटरसाइकल, कार्यालयको झ्यालमा क्षति पुर्‍याएपछि ११ राउन्ड हवाइ फायर गरेको प्रहरीले जनाएको छ।

ढुंगा लागेर प्रहरी निरीक्षक वीरेन्द्र पासवानलाई चोट लागेको छ। उनीसँगै प्रदर्शनकारीको ढुंगा प्रहारबाट ६ जना प्रहरी र एकजना स्थानीय पनि घाइते भएको रौतहट प्रहरी उपरीक्षक वीरबहादुर बुढा मगरले जानकारी दिए।

झडपमा प्रहरीको गोली लागेर गरुडा नगरपालिका वडा नम्वर ५ लक्ष्मीपुरका २२ वर्षीय गजेन्द्र यादव घाइते भएका छन्। घाइते यादवको पाखुरामा गोली लागेपछि स्थानीय अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि नारायणी अस्पताल विरगन्ज ल्याइएको छ।

मानिसहरूलाई उचालेर प्रदर्शन गराउन ल्याएको भन्दै दीपक यादव सहित चार जनालाई इलाका प्रहरी कार्यालय गरुडाले नियन्त्रणमा लिएको छ। साभार:अन्नपूर्ण पाेष्ट

Related posts

पर्साका सिंहासन सा कलवारसहित ५ सांसदकाे पद चैट

MadhesKhabar

पर्साका युवा नेता कञ्चन झा काँग्रेसको केन्द्रीय प्रचार समितिमा मनोनीत

MadhesKhabar

नेपाल औषधि व्यवसायी संघकाे केन्द्रीय अध्यक्षमा वीरगन्जका खण्डेलवाल निर्वाचित

MadhesKhabar

Leave a Comment