Madhes Khabar
राजनीति हेडलाइन

संसदीय व्यवस्था फालेर अब राजासहितको रामराज्य व्यवस्था लागु गर्नुपर्छ : अध्यक्ष थापा

वीरगन्ज,११कार्तिक : नेपालमा संसदीय व्यवस्था असफल भइसकेकाले अब रामराज्य व्यवस्था लागु गरिने रामराज्य परिषदले जनाएको छ ।परिषदका केन्द्रिय अध्यक्ष जगत बहादुर थापाले मुलुकमा संसदीय व्यवस्था अस।फल भइसकेका कारण अब रामराज्य व्यवस्था ल्याउनु पर्ने र त्यसका लागि संयुक्त शान्तिपूर्ण नागरिक आन्दोलनको तयारी भइरहेको बताएका छन् ।

शनिबार वीरगन्जमा पत्रकार सम्मेलन गरी अध्यक्ष थापाले देशमा रामराज्य व्यवस्था ल्याउनका लागि संयुक्त शान्तिपूर्ण नागरिक आन्दोलन गर्ने र आन्दोलनको तिथीमिति छिट्टै सार्वजनिक गरिने जानकारी गराए ।कांग्रेस र कम्युनिष्टहरुले भ्रष्टचार गरेर देशलाई खोक्रो पारिसकेकाले अब देशलाई बचाउन संसदीय व्यवस्थाको एकमात्र विकल्प रामराज्य व्यवस्था नै भएको जिकिर उनले गरे ।

अध्यक्ष थापाले रामराज्य व्यवस्थामा अहिलेको भन्दा फरक व्यवस्थापिका, प्रत्यक्ष कार्यपालिका र स्वतन्त्र न्यायपालिका रहने प्रष्ट पारे । रामराज्य व्यवस्थामा शिक्षा र स्वास्थ्य पूर्ण निशुल्क गरिने बताउँदै थापाले भने,‘ शिक्षा र स्वास्थ्य पूर्ण निशुल्क हुन्छ । हरेक नागरिकको स्वास्थ्य उपचार खर्च सरकारले व्यहोर्छ । भ्रष्टचार शुन्य हुन्छ ।

रामराज्य व्यवस्थामा अभिभावकका रुपमा राजा रहने र नेपाललाई हिन्दु राष्ट्र घोषणा गरिने पनि उनले बताए । नेपालमा रामराज्य व्यवस्था लागु गर्नका लागि अहिलेको संविधान खारेज गरेर नयाँ संविधान ल्याइने उनको कथन थियो । यसका लागि सरकारलाई आफुहरुले छिट्टै सरकारलाई ज्ञाापनपत्रपनि बुझाउने उनले बताए ।

 

Related posts

गहुँ बालीका लागि वीरगन्जमा भित्रिन थाल्याे युरिया मल

MadhesKhabar

राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालय नछाड्ने

MadhesKhabar

बारा २ : उपेन्द्र यादवलाई लोसपाको पनि समर्थन

MadhesKhabar

Leave a Comment