Madhes Khabar
राजनीति

बारा २ : उपेन्द्र यादवलाई लोसपाको पनि समर्थन

काठमाडौं,१९चैत : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले १० वैशाखमा हुने उपनिर्वाचनमा बारा २ मा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवलाई सघाउने भएको छ ।

यसअघि पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई उम्मेदवार बन्ने चर्चा चलाएको लोसपाले अब भने सत्ता गठबन्धनको उम्मेदवारका रुपमा जसपा उम्मेदवार यादवलाई समर्थन गर्ने भएको हो ।

लोसपाका वरिष्ठ नेता महतोले आफ्नो पार्टीसमेत रहेको गठबन्धनको साझा उम्मेदवारलाई उपनिर्वाचनमा सघाउने बताए । ‘हाम्रो पार्टी समेत रहेको गठबन्धनको बैठकले उपेन्द्रजीलाई साझा उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीले नै उहाँको उम्मेदवारीलाई सघाउने भन्ने निर्णय गरिसकेपछि मैले त्यसको विरुद्ध हुने गरी निर्णय गर्ने कुरो आएन’, महतोले भने ।

उनले स्थानीय जनताको माग आफू बारा– २ बाट चुनाव लड्नुपर्छ भन्ने भए पनि पार्टी र गठबन्धनले यादवलाई नै उम्मेदवार बनाउने निर्णय गरेकाले आफू त्यसलाई मान्न तयार भएको उनको भनाइ छ ।साभार : अनलाइनखबर

Related posts

विदेशीको इशारामा हिन्दूवादीले मधेसमा धार्मिक हिंसा भड्काउन खोजिरहेका छन् : सांसद सिंह

MadhesKhabar

देशभरी नै सत्ता गठबन्धनको लहर छ , फेरि पनि सरकार गठबन्धनकै बन्छ : श्रेष्ठ र सोनल

MadhesKhabar

औद्योगिक राजधानी बनाउने अठोटसहित रुङटाको घरदैलो अभियान तीव्र

MadhesKhabar

Leave a Comment