Madhes Khabar
स्वास्थ्य

वीरगन्जको वडा नम्बर २० मा मेयर घरदैलो स्वास्थ्य कार्यक्रमबाट ७५३ जना लाभान्वित

मधेसखबर
वीरगन्ज,०१ पुष : नगरवासीको घरदैलोमै स्वास्थ्य उपचार सेवा पुरयाउने उदेश्यले वीरगन्ज महानगरपालिकाले सन्चालन गरिरहेको मेयरदैलो स्वास्थ्य कार्यक्रमबाट वीरगन्ज महानगरपालिका वडा नंबर २० मा ७५३ जनाले लाभ लिएका छन् ।

वडा नम्बर २० स्थित स्वास्थ्य चौकीमा गत आइतबार देखि सुरु भई ४ दिनसम्म चलेको स्वास्थ्य शीवीरबाट महिला र पुरुष गरि ७५३ जनाले स्वास्थ्य उपचार सेवा लिएका हुन् । विशेषज्ञ चिकित्सकसहितको टोलीले शिविरमा आएकामध्ये १ सय ५७ जनालाई ल्याब र १५ जनालाई यु.एस.जी सेवा दिएको छ ।
महानगरपालिकाले नगरवासीको घरदैलोमै स्वास्थ्य सेवा पु¥याउने उद्धेश्यले सन्चालन गरेको कार्यक्रममा बिरामीको अवस्था हेरी मोबाइल ल्याबबाट तत्कालै रगत परिक्षण गराइ समस्या अनुसार निशुल्क औषधी पनि वितरण गरिएको अभियानमा सहभागी डाक्टर सागर गुप्ताले जानकारी दिए ।
घरदैलोमै सबै खालका चेकजाँच हुने गरी स्वास्थ्य सेवा पुगेपछि सदरमुकाम धाइरहने अवस्था हटेको शिविरमा उपचारका लागि आएकी स्थानीय मालती देवीले बताइन् ।
खासगरी वृद्धवृद्धा, गर्भवती महिला तथा अन्य स्वास्थ्य समस्या भएका महिलाहरुका लागि सहज वातावरण रहेकोले महिलाहरू निर्धक्क जाँचका लागि आउने गरेको डाक्टर जिन्नतुन नेशाले बताईन् ।यस अघि अन्य सात वटा वडामा ‘मेयर घरदैलो’ शिविर सम्पन्न भइसकेको छ ।

Related posts

महिला स्वास्थ्य स्वयंसेविकाको सेवासुविधा सरकारले बढाउनुपर्छ : मन्त्री क्षेत्री

MadhesKhabar

आउँदाे बैशाखदेखि गुट्खा लगायतका सुर्तीजन्य पदार्थ प्लास्टिकको खाेलमा प्याकिङ गर्न नपाइने

MadhesKhabar

वीरगन्जको अठराहाँमा ९१ जनामा देखिएको रोग चिकेनपक्स भएको पुष्टि

MadhesKhabar

Leave a Comment