Madhes Khabar
स्थानिय हेडलाइन

पर्सा: जन्ती जाँदै गरेकाे कार गण्डक नहर नजिक दुर्घटना हुदाँ चालककाे मृत्यु, एक जना गम्भीर घाइते

वीरगन्ज,२५ फागुन:पर्साकाे सखुवा प्रसाैनी गाँउपालिकन-५ महुवनस्थित गण्डक नहर नजिक साेमबार राति जन्ती जाँदै गरेकाे कार दुर्घटना हुदाँ कारका चालककाे मृत्यु भएको छ।दुर्घटनामा कारमा सवार एक जना गम्भीर घाइते भएका छन्।

 

बहुदरमाई नगरपालिका-८ रामनगरीका साहेब सहनीकाे घरबाट सखुवा प्रसाैनी गाँउपालिकाकाे एकडरवा गाँउमा जन्ती जाँदै गरेकाे बीआर ०६४५ नम्बरको कार अनियन्त्रित भई राति ९.१५ बजेतिर गण्डक नहर छेउकाे पिपलकाे रुखमा ठाेक्किएर दुर्घटनामा परेकाे हाे।

 

दुर्घटनामा चालक र अर्का एक व्याक्ति गम्भीर घाइते भएकाेमा बाराकाे नाैतनस्थित एलएस न्युराे अस्पतालमा उपचारका क्रममा चाकलककाे राती १०:१५ बजे मृत्युु भएको पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।मृतक चालककाे नाम र ठेगाना खुल्न नसकेकाे उनले बताए ।

 

दुर्घटनामा गम्भीर घाइते भएका अर्का व्याक्तिकाे एलएस न्युराे अस्पतालमै उपचार भइरहेकाे उनले जानकारी दिए।

Related posts

पर्साका ९ वटा पालिकाले अझै पनि ल्याएनन् बजेट

MadhesKhabar

ठाकुरराम क्याम्पसमा पनि नेविसंघले मनायाे संविधान दिवस

MadhesKhabar

विपी स्मृति दिवसका दिन पर्सामा कांग्रेसले १५ हजार विरुवा रोप्ने

MadhesKhabar

Leave a Comment