Madhes Khabar
स्वास्थ्य

आउँदाे बैशाखदेखि गुट्खा लगायतका सुर्तीजन्य पदार्थ प्लास्टिकको खाेलमा प्याकिङ गर्न नपाइने

काठमाडौं ,२६साउन: आउँदो वैशाख १ गतेदेखि सुर्ती, खैनी, गुट्खा, पान मसला, स्विट सुपारी लगायत सुर्तीजन्य वस्तु प्लास्टिकको खोलमा प्याकिङ गर्न नपाइने भएको छ ।

आन्तरिक राजस्व विभागले सूचना निकालेर सुर्तीजन्य वस्तु प्लास्टिकका खोलमा प्याकिङ गर्न नपाइने भन्दै तयारी थाल्न उद्योगहरूलाई जानकारी गराएको हो । नेपालमा उत्पादन गर्ने उद्योगसँगै आयात गर्ने आयातकर्ताहरूले समेत प्लास्टिकका खोलमा प्याकिङ गरिएका सुर्तीजन्य विस्तु ल्याउन पाउने छैनन् ।

अहिले आयात भइरहेका सबैजसो सुर्तीजन्य वस्तु प्लास्टिकका खोलमा रहने गरेका छन् । खासगरी गुट्खा लगायतका साना साना पोकामा राखिएका सुर्तीजन्य वस्तुका कारण प्लास्टिकजन्य फोहाेर बढेको गुनासो आइरहेको छ । देशबाट यस्ता वस्तु निर्यात गर्नेहरूले पनि प्लास्टिकका खोलमा नभई सडेर जाने वस्तुमा मात्रै प्याकिङ गर्न पाउनेछन् ।

Related posts

वीरगन्जको हैजा प्रभावित क्षेत्रमा आँफै खटिएर मन्त्री यादवले सुरु गराए पानी परीक्षणको काम

MadhesKhabar

डाक्टरहरुकाे आन्दोलन : वीरगन्जका अस्पताल र क्लिनिकमा ओेपिडी सेवा बन्द

MadhesKhabar

पोखरिया अस्पताललाई प्रादेशिक अस्पताल बनाउन कांग्रेसको अहम् भुमिका छ : मन्त्री क्षेत्री

MadhesKhabar

Leave a Comment