Madhes Khabar
स्वास्थ्य

आउँदाे बैशाखदेखि गुट्खा लगायतका सुर्तीजन्य पदार्थ प्लास्टिकको खाेलमा प्याकिङ गर्न नपाइने

काठमाडौं ,२६साउन: आउँदो वैशाख १ गतेदेखि सुर्ती, खैनी, गुट्खा, पान मसला, स्विट सुपारी लगायत सुर्तीजन्य वस्तु प्लास्टिकको खोलमा प्याकिङ गर्न नपाइने भएको छ ।

आन्तरिक राजस्व विभागले सूचना निकालेर सुर्तीजन्य वस्तु प्लास्टिकका खोलमा प्याकिङ गर्न नपाइने भन्दै तयारी थाल्न उद्योगहरूलाई जानकारी गराएको हो । नेपालमा उत्पादन गर्ने उद्योगसँगै आयात गर्ने आयातकर्ताहरूले समेत प्लास्टिकका खोलमा प्याकिङ गरिएका सुर्तीजन्य विस्तु ल्याउन पाउने छैनन् ।

अहिले आयात भइरहेका सबैजसो सुर्तीजन्य वस्तु प्लास्टिकका खोलमा रहने गरेका छन् । खासगरी गुट्खा लगायतका साना साना पोकामा राखिएका सुर्तीजन्य वस्तुका कारण प्लास्टिकजन्य फोहाेर बढेको गुनासो आइरहेको छ । देशबाट यस्ता वस्तु निर्यात गर्नेहरूले पनि प्लास्टिकका खोलमा नभई सडेर जाने वस्तुमा मात्रै प्याकिङ गर्न पाउनेछन् ।

Related posts

वीरगन्ज महानगरमा एक जनापनि बालबालिकालाई पुर्णखाेपबाट बञ्चित हुन नदिने स्वास्थ्यकर्मीहरुकाे सामुहिक प्रतिबद्धता

MadhesKhabar

बेलवामा साहिब दरबारद्धारा आयोजित निःशुल्क आँखा शिविरबाट १२० जना लाभान्वित

MadhesKhabar

ठोरीका स्वास्थ्यकर्मी दिपेन्द्र कार्की राष्ट्रिय हेल्थ अवार्डबाट सम्मानीत

MadhesKhabar

Leave a Comment