Madhes Khabar
स्वास्थ्य

ठोरीका स्वास्थ्यकर्मी दिपेन्द्र कार्की राष्ट्रिय हेल्थ अवार्डबाट सम्मानीत

वीरगन्ज,२९पुष:पर्साकाे ठोरी गाँउपालिका वडा नम्बर २ का स्वास्थ्यकर्मी दिपेन्द्र कार्की राष्ट्रिय हेल्थ अवार्डबाट सम्मानीत भएका छन्।

ग्रामीण भेगमा स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै स्वास्थ्य दर्पण मिडीया नेटवर्कले कार्कीलाई उक्त अवार्ड सहित सम्मानित गरेको हो।करीब २ दशक देखी पर्साको ठोरीमा कार्यक्षेत्र बनाई स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका कार्कीलाई चितवनको भरतपुरमा शनिबार आयाेजित कार्यक्रममा उक्त अवार्ड प्रदान गरिएको हाे।

कार्यक्रममा नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक काेइरालाले कार्कीलाई उक्त अवार्डसहित सम्मानित गरे।त्यसअवसरमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जाेशीकाेपनि उपस्थिति थियाे।

कार्यक्रममा स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०८० बाट वीरगन्जकी डाक्टर निलम चाैरसिया , स्वास्थ्यकर्मी कार्कीसहित चिकित्सक , पत्रकार गरी २५ जनालाई सम्मानित गरिएको थियाे।

Related posts

वीरगन्ज नाकामा फेरि भेटिन थाले कोरोना संक्रमित,दुई जनामा कोरोनाको नयाँ भेरिएन्ट जेएन १ पुष्टि

MadhesKhabar

वीरगन्ज महानगरले सुरु गर्याे नारायणी अस्पतालको सरसफाइ

MadhesKhabar

वीरगन्जमा गुरु नानक सेवा प्रतिष्ठानले सञ्चालन गरेकाे शिविरबाट ८०० बालबालिका लाभान्वित

MadhesKhabar

Leave a Comment