Madhes Khabar
स्वास्थ्य हेडलाइन

वीरगन्ज महानगरले सुरु गर्याे नारायणी अस्पतालको सरसफाइ

वीरगन्ज,१साउन : वीरगन्जस्थित नारायणी अस्पतालको सरसफाइ सोमबारदेखि वीरगन्ज महानगरपालिकाले गर्न सुरु गरेको छ ।
महानगरपालिका र अस्पताल प्रशासनबिच गरिएको सम्झौता अनुसार साउन १ गतेदेखि महानगरपालिकाले अस्पतालको सरसफाइको जिम्मा लिएको हो ।

पहिलो दिन सोमबार महानगरका मेयर राजेशमान सिंह आफैं सरसफाइ शाखाका कर्मचारीको टोलीका साथ अस्पतालमा पुगेर सरसफाई गराएका हुन् ।त्यसक्रममा मेयरले अस्पतालमा गगरिएको सरसफाइको अनुगमन गर्दै अस्पताल परिसर सफा र स्वच्छ राख्न अस्पतालमा रहेका सेवाग्राहीलाई समेत आग्रह गरे ।अस्पतालको सफाइ र व्यवस्थित पार्किङमा अटेर गर्नेलाई जरिवाना समेत गरिने मेयर सिंहले बताए ।

अस्पताालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चित्तरञ्जन साहले अब अस्पतालको सरसफाइमा लापरबाही हुन नदिने बताए । अस्पतालको सेवापनि गुणस्तरीय बनाउनका लागि आफुहरु लागि परेकाले यसमापनि महानगरको साथ र सहयोग पाउने आपेक्षा रहेको उनले बताए ।

अस्पतााल प्रशासन र महानगरपालिकाबिच भएको सम्झौता अनुसार साउन १ गतेदेखि एक वर्षका लागि नारायणी अस्पतालको शल्यकृया र वार्डभित्र बाहेक अस्पतालको सबै क्षेत्रमा महानगरपालिकाले सरसफाइ गर्ने उल्लेख छ ।अस्पतालको शौचालय,बरण्डा,भ¥याङ,प्रशासनिक भवनका साथै अस्पताल परिसरको सरसफाइ महानगरले गर्ने सम्झौतामा उल्लेख छ । शल्यकृया कक्ष र वार्डको सफाइ भने अस्पताल प्रशासन आफैले गर्ने मेसु साहले बताए ।

सम्झौता अनुसार , अस्पतालमा सरसफाइ गरेबापत महानगरपालिकाले अस्पतालसँग कुनै शुल्क लिने छैन ।यस्तै सरसफाइका लागि वीरगन्ज महानगरपालिकाले अस्पताालमा ९ जना कर्मचारी खटाएको र त्यसबापत अस्पतालसंग महानगगरपालिकाले कुनैपनि शुल्क नलिने पनि सम्झौतामा उल्लेख छ ।

अस्पताल परिसरमा जथाभाबी फोहर गर्ने व्याक्ति विरुद्ध वीरगन्ज महानगरपालिकाको फोहर मैला व्यवस्थापन ऐन २०७५ बमोजिम दण्ड जरिवाना तथा कारबाही समेत गर्ने सम्झौतामा उल्लेख रहेको महानगरपालिकाको ससरसफाइ महाशाखाका प्रमुख सरफुदिन मियाँले बताए ।

Related posts

महिला हिंसा विरुद्ध घण्टाघरमा सडक नाटक प्रदर्शन

MadhesKhabar

वीरगन्जका क्रिकेटर आसिफ शेखलाई आईसीसी स्प्रीट अफ क्रिकेट अवार्ड

MadhesKhabar

वीरगन्जमा पनि भुकम्पको धक्का महसुस , क्षतिको विवरण आउन बाँकी

MadhesKhabar

Leave a Comment