वीरगन्ज,१मंसिरःमधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले नेपालको स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकाहरुले गरेको योगदान सराहनीय रहेको बताएका छन् ।
शनिबार वीरगन्जमा नेपाल स्वास्थ्यकर्मी संघले आयोजना गरेको एक दिने नेतृत्व विकास तालिमको समुद्घाटन गर्दै नेपाली कांग्रेस पर्साका सभापतिसमेत रहेका क्षेत्रीले नेपालका हिमाल तथा पहाडका दूर्गम जिल्लाका स्वास्थ्य सेवा पुग्न नसकेको ठाँउमा स्वास्थ्य स्वयंसेविकाहरुले गरेको योगदान सराहनीय रहेको बताए । स्वास्थ्य स्वयंसेविकाहरु प्रती आफुलाइ सधै गर्व रहेको उनले बताए ।
अहिले पनि महिला स्वास्थ्य स्वयंसेविकाहरु अति नै न्यून ज्यालामापनि काम गरिरहेको भएपनि यसप्रति राज्यको ध्यान पुग्न आवश्यक भएको उनले बताए ।मधेस प्रदेशका महिला स्वास्थ्य स्वयंसेविकाहरुकोे समस्या सम्बोधनका लागि आँफुलले पहलकदमी लिने उनले बताए ।
उद्घाटन कार्यक्रममा नेपाल स्वास्थ्यकर्मी संघका केन्द्रिय अध्यक्ष रामजी घिमिरेले समाजिक सुरक्षा जस्ता कार्यक्रमहरु नेपाली कांग्रेसको नेतृत्वको सरकाारको पालामा आएको बताए । तर यसको प्रचार प्रसार जनताको घरदैलोसम्म पुरर्याउन आँफुहरु चुकेको भन्दै उनले कांग्रेसले धेरैले राम्रा राम्रा कामहरु गरेपनि त्यसको सन्देश जनतासम्म पुग्न नसकेको बताए ।
कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीले सामुदायिक अस्पतालमा जनशक्तिको अभाव रहेको बताए ।अहिलेपनि सरकारी स्वास्थ्य संस्थाहरुमा समयमा औषधि पुग्न नसकेको, स्वास्थकर्मीहरुको अभाव भएकोले यसप्रति सरकारले ध्यान दिनुपर्ने उनले बताए ।
उद्घाटन कार्यक्रममा वीरगन्ज महानगरपाालिकाका उपमेयर इम्तियाज आलम,स्वास्थकर्मी संघका पुर्व अध्यक्ष सचितानन्दन सिंह लगायतकोपनि सहभागीता थियो ।

