Madhes Khabar
स्वास्थ्य

वीरगन्जको प्रभु अस्पतालमा दन्त उपचार सेवा पनि सुरु

वीरगन्ज, १७ जेष्ठः वीरगन्ज ८ मा सञ्चालित प्रभु अस्पतालमा दन्त उपचार सेवा पनि सुरु भएको छ ।प्रभु अस्पतालमा स्थापना गरिएको दाँत क्लिनिक बुधबारदेखि सञ्चालनमा ल्याइएको हो । बुधबार दाँत क्लिनिकको दन्तरोग विशेषज्ञ डाक्टर मनोज उपाध्यायले उद्घाटन गरेका हुन् ।

अस्पतालले बुधबारदेखि सञ्चालनमा ल्याएको दाँत क्लिनिकमा दन्तरोग विशेषज्ञ डाक्टर ज्योती गुप्ता नेतृत्वको स्वास्थ्यकर्मी टोलीले दाँत उपाचारको सेवा दिने प्रभु अस्पतालका सञ्चालक डाक्टर मनोज गुप्ताले जानकारी दिए।

अस्पतालमा बुधबारदेखि सञ्चालनमा ल्याइएको दाँत क्लिनिकमा दाँत सम्बन्धि सम्पूर्ण उपचार सेवा उपलब्ध हुने दन्तरोग विशेषज्ञ डाक्टर ज्योति गुप्ताले बताइन् ।

क्लिनिकको उद्घाटन कार्यक्रममा प्रभु अस्पतालका सञ्चालक एंव बरिष्ठ सर्जन डाक्टर मनोज गुप्ता, प्रसुती तथा स्त्री रोग विशेषज्ञ डाक्टर लक्ष्मी थापा गुप्ता, वडा नम्बर ८ का वडासदस्य गफार मियाँ,दिलिपराज कार्की लगायतको पनि उपस्थिति रहेको थियो ।

Related posts

वीरगन्जको सूर्या हस्पिटलामा आइभीएफ प्रविधिबाट उपचार गराएकी महिलाले जन्माइन् तिम्ल्याहा बच्चा

MadhesKhabar

चिकित्सक संघ नारायणीको अध्यक्षमा डाक्टर मनोज गुप्ता निर्वाचित

MadhesKhabar

भन्सार छली ल्याएका कम्प्युटर पार्टसहरु बरामद।

MadhesKhabar

Leave a Comment