Madhes Khabar
स्वास्थ्य

वीरगन्जको सूर्या हस्पिटलामा आइभीएफ प्रविधिबाट उपचार गराएकी महिलाले जन्माइन् तिम्ल्याहा बच्चा

वीरगन्ज,२माघ:वीरगन्जकाे छपकैयास्थित सूर्या अस्पतालमा उपचार गराएकी एक महिलाले तिम्ल्याहा बच्चालाई जन्म दिएकी छन् ।

अस्पतालकी वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. मोनिका यादव सिंहले आइभीएफ (इन–भिट्रो फर्टिलाइजेसन) प्रविधि’बाट उपचार गरेकी महिलाले साेमबार तिम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् ।जन्मिएका तिम्ल्यहा बच्चामा दुई छाेरी र एक छाेरा रहेका छन्।

विगत १५ वर्षदेखि निसन्तान रहेकी सर्लाहीको कविलासी नगरपालिका वडा नम्बर ७ की महिलाले डा. मोनिकाले गरेको आइभीएफ उपचार पश्चात् तिम्ल्याहा बच्चालाई जन्म दिएको अस्पतालका निर्देशक डा. सरोज सिंहले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिए ।

महिलाले जन्माएकी तिनै जना शिशु स्वस्थ रहे पनि थप सावधानीका लागि उनीहरूलाई अस्पतालस्थित एनआइसीयू वार्डमा बाल रोग विशेष डा. कुश राज गिरीको प्रत्यक्ष निगरानीमा राखिएको डा. सरोजले बताए ।

‘एउटा शिशु अढाई किलो र अर्का दुई जना डेढ-डेढ किलोका छन् । उनीहरूलाई हामीले विशेषज्ञ चिकित्सकको प्रत्यक्ष निगरानीमा राखेर उपचार गरिरहेका छौँ,’ डा. सरोजले भने, ‘आमाको स्वास्थ्य पनि राम्रो छ । शल्यक्रिया गरेर बच्चा जन्मिएको कारण उनलाई पनि चिकित्सकको निगरानीमा राखेर उपचार गरिँदै छ ।’

मधेस प्रदेशमा एक मात्र आइभीएफ सेन्टरका रूपमा रहेको सूर्या अस्पतालमा यसअघि पनि आइभीएफ विधिबाट उपचार गराएका दम्पतीहरूले सन्तान प्राप्ति गरिसकेका छन् । पछिल्लो एक वर्षदेखि अस्पतालमा उपलब्ध रहेको आइभीएफ विधिबाट उपचार गराएर हालसम्म ३५ वटाभन्दा पनि बढी दम्पतीले सन्तान प्राप्ति गरिसकेको डा. सरोजले बताए ।

Related posts

पर्साका १० वटा पालिकामा छैन ‘सुरक्षित गर्भपतन सेवा दिने स्वास्थ्य संस्था’

MadhesKhabar

तराई र भवानी हस्पिटलको चरम लापरवाही : उपचारमा म्याद गुज्रिएका औषधीहरु प्रयोग गर्दै

MadhesKhabar

वीरगन्जमा थप पाच जनामा कोरोना संक्रमण पुष्टि

MadhesKhabar

Leave a Comment