वीरगन्ज,२९बैशाखः२०५ औं अन्र्तराष्ट्रिय नर्सिङ दिवसको उपलक्ष्यमा नेपाल नर्सिङ संघ पर्साले वीरगन्जको नारायणी अस्पतालमा फलफुल वितरण गरेको छ ।
अन्र्तराष्ट्रिय नर्सिङ दिवसको उपलक्ष्यमा नेपाल नर्सिङ संघले सोमबार नारायणी अस्पतालमा दीप प्रज्वलन कार्यक्रम गरेपछि विभिन्न वार्डमा रहेका बिरामीहरुलाई फलफुलपनि वितरण गरेको हो । अस्पतालको प्रसूती विभागको वार्ड,सर्जिकल वार्ड र पिआईसियु वार्डमा गरी ६० भन्दा बढी बरामीलाई फलफुल वितरण गरिएको नेपाल नर्सिङ संघ पर्साकी अध्यक्ष डा. कल्पना पौडेलले जानकारी दिइन् ।
पौडेलको अध्यक्षता तथा नारायणी अस्पतालका मेसु डा. चुमनलाल दासको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा वीरगन्ज–४ का वडाध्यक्ष जगदिश प्रसाद साह, अस्पतालकी नर्सहरु हेमा थापा, श्रुती साह,रामनरेश कुशवाहा,पशुपति जयसवाल,कमला ढकाल, शर्मिला महर्जन, शुभद्रा चौधरी ,रुबी साह लगायतकाकोपनि सहभागिता रहेको थियो।

