Madhes Khabar
स्वास्थ्य

पर्साको महुवनमा आयोजित निःशुल्क आँखा परीक्षण शिविरबाट ४७० जना लाभान्वित

वीरगन्ज,२९असोजःपर्साको सखुवा प्रसौनी गाउँपालिका–५ महुवनस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा बुधबार आयोजित निःशुल्क आँखा परीक्षण शिविरबाट ४७० विद्यार्थी लाभान्वित भएका छन् ।

स्थानीय समाजसेवी चन्दन सहनीको पहलमा आयोजित शिविरमा विद्यार्थी, शिक्षक ,अभिभावक र स्थानीय गरी ४७० जना विद्यार्थीहरूको आँखा परीक्षण गरिएकोमा तीमध्ये २५ जनामा सामान्य दृष्टि त्रुटिको समस्या देखिएको छ ।

उक्त शिविरमा किरण आँखा अस्पतालका सञ्चालक डा. अमर क्याल नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले आँखा परीक्षण गरेका थिए।

Related posts

वीरगन्जको लक्ष्मणवामा नर्सिङ्ग क्याम्पसद्वारा स्वास्थ्य प्रदर्शनी

MadhesKhabar

नेशनल मेडिकल कलेज र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सबीच समझदारी पत्रमा हस्ताक्षर

MadhesKhabar

आँखा,कान,नाक,घाँटी र मुखको प्राथमिक उपचार बारे पर्साका स्वास्थ्यकर्मीलाई दिइयो तालिम

MadhesKhabar

Leave a Comment