वीरगन्ज,२०साउनःवीरगन्ज महानगरपालिका वडा नम्बर १५ स्थित लक्ष्मणवामा वीरगन्ज नर्सिङ्ग क्याम्पसद्वारा ५ हप्तादेखि सञ्चालित स्वास्थ्य प्रदर्शनी कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
समुदायमा देखिएका प्रमुख स्वास्थ्य समस्याहरू र तीनबाट जोगिने उपायको बारेमा जनचेतना फैलाउने उदेश्यले वीरगन्ज नर्सिङ्ग क्याम्पसले लक्ष्मणवामा ५ हप्तासम्म स्वास्थ्य प्रदर्शनी कार्यक्रम सञ्चालन गरेको थियो ।
उक्त कार्यक्रम अन्तर्गत नर्सिङ्ग क्याम्पसमा बीएस्सी नर्सिङ्ग प्रथम वर्षमा अध्ययनरत छात्राहरूले ५ हप्तासम्म लक्ष्मणवा क्षेत्रका २५० घरधुरीमा घरदैलो भ्रमण गरेका थिए। त्त्यसअवधिमा संकलित स्वास्थ्यसम्बन्धी समस्याहरूलाई आधार मानेर मंगलबार स्वास्थ्य प्रदर्शनी कार्यक्रम आयोजना गरिएको थियो ।
मंगलबारको स्वास्थ्य प्रदर्शनीमा छात्राहरूले पोषण, सरसफाइ, मातृ तथा शिशु स्वास्थ्य, रोगको रोकथाम, प्राथमिक उपचार, मानसिक स्वास्थ्य लगायत विभिन्न शीर्षकमा आकर्षक तस्बिर, चार्ट र मोडलहरू प्रस्तुत गरेका थिए।
क्याम्पस प्रमुख डा. कल्पना पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्राध्यापकद्वय रश्मी घिसिङ्ग र इन्दिरा चौरसिया, नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौलागाईं,बिपिन शाह, शेष हजरा, विजय कुमार बल लगायतकोपनि सहभागिता थियो ।

