वीरगन्ज,२९साउनःवीरगन्ज–१५ मा अवस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल प्रा.लि. र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबीच एक वर्षे स्वास्थ्य सेवा सहकार्यसम्बन्धि समझदारीपत्रमा हस्ताक्षर गरिएको छ।
उक्त सम्झौता अनुसार आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका बीमित ग्राहकहरूले नेशनल मेडिकल कलेजमा स्वास्थ्य उपचार गराउँदा बीमा सुविधा प्राप्त गर्नेछन्। साथै दुवै पक्षले बिरामीको सहज पहुँचका लागि आपसी समन्वय, शुल्क तालिका आदान–प्रदान, सेवा गुणस्तर अभिवृद्धि तथा जनचेतनामूलक कार्यक्रम गर्ने व्यवस्था गरेका छन्।
समझदारी पत्रमा नेशनल मेडिकल कलेजकी एकेडेमिक निर्देशक डा.रुबी श्रेष्ठ यास्मिन र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका सहायक महाप्रबन्धक अमरबहादुर गौतमले हस्ताक्षर गरेका हुन् ।
उक्त कार्यक्रममा नेशनल मेडिकल कलेजका प्रमुख सूचना अधिकृत. प्रदीप चौधरी ,मार्केटिङ म्यानेजर जितेशचन्द्र दास ,प्रशासन अधिकृत विश्वनाथ कान्त , प्रशासन अधिकृत पप्पु सिंह तथा इन्स्योरेन्सका तर्फबाट. सहायक प्रबन्धक धनञ्जय कुमार ठोकर लगायतकाको पनि उपस्थिति रहेको थियो।

