Madhes Khabar
स्वास्थ्य

पर्साको निचुटामा ५ महिला सहित ४६ जनाद्धारा रक्तदान

मधेसखबर
वीरगन्ज,०१असार : पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ५ निचुटामा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

विश्व रक्तदाता दिवसको उपलक्ष्यमा नेपाल रेडक्रस सोसाइटी निचुटा उपशाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा ५ महिला सहित ४६ जनाले रगत दान गरेका छन् ।

स्वास्थ्य चौकी निचुटाको परिसरमा आयोजित रक्तदान कार्यक्रममा वडा नम्बर ५ का वडाअध्यक्ष विपन मुखिया बिन, स्वास्थ चौकीका ईन्चार्ज प्रमोद कर्ण, अनमी अनिता कर्ण, स्थानीय शिवबालक ठाकुर, प्रेमनारायण यादव,राजेशलाल ठाकुर,सियादेवी कुर्मी लगाएत ४६ जनाले रक्तदान गरेको पटेर्वा सुगौली गाउँपालिकाका स्वास्थ शाखा प्रमुख भुजेन्द्र प्रसाद यादवले जानकारी दिए ।

Related posts

बाराको प्रसौनीमा २१७ जनाको आँखा जाँच गर्दा १०२ जनामा देखियो मोतियाबन्दुको समस्या

MadhesKhabar

पोखरिया अस्पतालको स्तरोन्नत्ती गर्न मुख्यमन्त्री सिंहले जनाए प्रतिबद्धता

MadhesKhabar

नारायणी अस्पतालका लागि १ अर्बको प्याकेज बजेटमा समावेश गराएको छु :स्वास्थ्यमन्त्री यादव

MadhesKhabar

Leave a Comment