Madhes Khabar
स्वास्थ्य

बाराको प्रसौनीमा २१७ जनाको आँखा जाँच गर्दा १०२ जनामा देखियो मोतियाबन्दुको समस्या

वीरगन्ज,९माघःबाराको प्रसौनी गाँउपालिका वडा नम्बर १ प्रसौनीमा बुधबार आयोजित निःशुःक आँखा शिविरमा २ सय १७ जनाको आँखा जाँच गरिएको छ । तीमध्ये १ सय २ जनामा मोतियाबिन्दुको समस्या भेटिएको छ ।

प्रसौनी गाउँपालिका र रुइत फाउन्डेसनको सहयोग तथा वीरगन्ज सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा उपकार सेवा नेपालले प्रसौनीस्थित स्वास्थ्य चौकीमा निःशुल्क शिविरको आयोजना गरेको थियो । उक्त शिविरमा २ सय १७ जनाको आँखा जाँच गरिएकोमा तीमध्ये १०२ जनामा मोतियाबिन्दुको समस्या देखिएको सामाजिक अभियन्ता प्रकाश थारुले जानकारी दिए । उनिहरुको बिहीबार वीरगन्ज सामुदायिक आँखा अस्पतालमा निःशुल्क शल्यकृया गरिने थारुले बताए ।

बुधबारको आँखा शिविरको उद्घाटन गाँउपालिका अध्यक्ष विनोद प्रसाद जैसवाल र उपकार सेवा नेपालकी अध्यक्ष विद्या सरावगीले सयुक्त रूपमा गरेका थिए । त्यसअअवसरमा उपकार सेवा नेपालकी सदस्य पद्मादेवी सरावगी,सुमन बगेडिया,अंकुर शर्मा,सज्जन अग्रवाल, वीरगन्ज सामुदायिक आँखा अस्पतालका सञ्चालक महेश सिंह धामी ,गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमित कुमार सिंह, स्वास्थ्य शाखा प्रमुख सुरेश कुमार साह लगायतकोपनि उपस्थिति रहेको थियो ।

Related posts

सिमरामा अल्पाइन अस्पतालद्वारा आयोजित शिविरमा ८ सय भन्दा बढीको नि:शुल्क स्वास्थ्य परिक्षण

MadhesKhabar

होल्डिंग सेन्टर हस्तान्तरणमा अन्योलताका कारण बनिसकेपनि प्रयोग विहीन

MadhesKhabar

सशस्त्र प्रहरीद्वारा वीरगन्जमा आयाेजित स्वास्थ्य शिविरबाट २५० जनाले लिए लाभ

MadhesKhabar

Leave a Comment