Madhes Khabar
स्वास्थ्य

वीरगन्जको मुर्लीमा मेयर सिंहले गरे स्वास्थ्य चौकी भवनको शिलान्यास

वीरगन्ज,३१बैशाखःवीरगन्ज महानगरपालिकाका वडा नम्बर १२ मुर्ली पोखरी परिसरमा निर्माण हुन लागेको स्वास्थ्य चौकी भवनको सोमबार शिलान्यास गरिएको छ । वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले स्वास्थ्य चौकी भवनको शिलान्यास गरेका हुन् ।

आगामी असार मसान्तभित्रै निर्माण सम्पन्न गरिसक्ने गरि स्वास्थ्य चौकी भवनको निर्माण कार्य सुरु गरिएको वडाध्यक्ष सुरेश गुप्ताले जानकारी दिए । अहिले स्वास्थ्य चौकी भाडाको घरमा संचालन गर्नु पर्दा निकै कठिनाई भइरहेकाले महानगरपालिकाले स्वास्थ्य चौकी निर्माणको काम अघि बढाएको उनले बताए ।

सोमबार स्वास्थ्य चौकी भवनको शिलान्यास गर्दै मेयर सिंहले गुणस्तरीय स्वास्थ्य सेवा नागरिकको पहुँचमा सहज रुपमा पु¥याउन आफ्नै भवन निर्माणको काम अघि बढाइएको बताए ।उनले निर्धारित समयमै गुणस्तरीय काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन पनि दिए ।

वीरगन्ज महानगरपालिकाले मुर्लीमा ८६ लाख ३६ हजार ६ सय ९६ रुपैयाँको लागतमा निर्माण गर्न लागेको स्वास्थ्य चौकीको ठेक्का दिब्य सूर्योदय आस्था जे.भि.ले सकार गरेको छ । यही असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी कम्पनीले टेन्डर सकार गरेको हो ।

शिलान्यास कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष प्रदीप चौरसिया, वडा नम्बर २३ का वडाध्यक्ष अवधकिशोर प्रसाद कुशवाहा, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई लगायतकोपनि सहभागिता रहेको थियो ।

 

Related posts

वीरगन्जमा हैजा समुदायस्तरमै फैलिन थालेपछि विद्यालय २ दिनका लागि बन्द,२५ वटा टोली परिचालन

MadhesKhabar

वीरगन्जमा डेङ्गी नियन्त्रण अभियान : बाहिरबाट आएका ८२ वटा बसमा गरियो स्प्रे

MadhesKhabar

महानगरको सहयोगमा नारायणी अस्पतालको आई.सियू.वार्ड सञ्चालनमा आउने

MadhesKhabar

Leave a Comment