Madhes Khabar
स्थानिय स्वास्थ्य हेडलाइन

वीरगन्ज महानगरले आफ्नै ल्याबबाट सुरु गर्‍यो खानेपानीको परीक्षण

वीरगन्ज,१०भदौं : वीरगन्ज महानगरपालिकाले पछिल्ला दिनमा तीव्ररुपमा देखापरेको झाडापखाला तथा हैजा संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आफ्नै पहलमा पानी परीक्षणको काम सुरु गरेको छ । महानगरले संक्रमणको प्रमुख कारण दूषित खानेपानी हुनसक्ने आशंकामा नमुना संकलन र प्रयोगशालामा परीक्षण प्रक्रिया अघि बढाएको हो ।

महानगरपालिकाको प्राविधिक टोलीले सोमबार वडा नम्बर १०, ११ र १२ भित्रका विभिन्न पाँच स्थानका धाराबाट पानीको नमूना संकलन गरेर परक्षिण थालेको महानगरका मेयर राजेशमान सिंहले जानकारी दिए ।उनका अनुसार माइक्रोबायोलोजिष्ट अजय मण्डल, वातावरण निरीक्षक प्रकाश ऐरसहितको प्राविधिक टोलीले संकास्पद क्षेत्रमा पुगेर धाराको पानी संकलन गरी प्रयोगशालामा परीक्षण गर्ने कार्यलाई तीव्रता दिएका छन् ।

मेयर सिंहका अनुसार, महानगरपालिकाले वडा नम्बर १ छपकैया स्थित खानेपानी प्रशोधन केन्द्रमै पानी परीक्षणका लागि अत्याधुनिक प्रयोगशाला स्थापना गरेको छ ।उक्त प्रयोगशालामा हाल इ.कोली परीक्षण सहजै हुने व्यवस्था मिलाइएको मेयर सिंहले बताए । युनिसेफले उपलब्ध गराएको विशेष किट प्रयोग गरेर कोलिफर्म परीक्षण समेत सुरु गरिएको छ । माइक्रोबायोलोजिष्ट मण्डलका अनुसार,इ.कोली परीक्षणको प्रारम्भिक नतिजा २४ घण्टाभित्र आउँछ भने कोलिफर्म परीक्षणको विस्तृत रिपोर्ट पाउन करिब ७२ घण्टा लाग्नेछ ।

मण्डलले भने, “समयमै नतिजा प्राप्त भएपछि कुन क्षेत्रमा दूषित पानी प्रवाह भइरहेको छ भन्ने तत्काल थाहा हुन्छ र त्यसअनुसार आवश्यक कदम चाल्न सजिलो हुन्छ ।”

संक्रमण नियन्त्रणलाई पहिलो प्राथमिकता दिँदै मेयर सिंहले सुरक्षित खानेपानी नै हालको मुख्य आवश्यकता रहेको बताए । उनका अनुसार, महानगरपालिकाले आफ्नै स्तरबाट परीक्षण सुरु गर्नुको उद्देश्य वासिन्दालाई शुद्ध र सुरक्षित खानेपानी उपलब्ध गराउनु हो ।

Related posts

नेपाल इन्जिनियर्स एसोसिएसनका नवनिर्वाचित पदाधिकारीहरु वीरगन्ज महानगरबाट सम्मानित

MadhesKhabar

पोखरियामा छात्रावास र धर्मशालाकाे कांग्रेस सभापति क्षेत्रीले गरे शिलान्यास

MadhesKhabar

ग्रामीण भेगका महिलाहरुलाई विधुतिय चुल्हो हस्तान्तरण र प्रयोग गर्ने बारे प्रशिक्षण

MadhesKhabar

Leave a Comment