वीरगन्ज,२३कार्तिक:वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगन्ज फेरि संघीय सरकारकाे विभेदमा परेकाे भन्दै सरकारप्रति आक्राेश पाेखेका छन्।
सरकारले देशका वीरगन्जमा रहेकाे देशकै दाेस्राे ठुलाे नारायणी रंगशालालाई राष्ट्रिय गाैरबकाे आयाेजनामा नराखेपछि मेयर सिंहले संघीय सरकारप्रति आक्राेश पाेखेका हुन् ।बिहीबार बसेको संघीय सरकारकाे मन्त्रिपरिषद् बैठकले काठमाडौंको मूलपानी, चितवनको भरतपुर र मोरङको विराटनगर रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अघि बढाउने निर्णय गरेको छ।
सरकारकाे उक्त निर्णय सार्वजनिक भएलगत्तै बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पाेष्ट गर्दै मेयर सिंहले सरकारकाे काेपभाजनमा पर्दै आएकाे वीरगन्ज फेरिपनि विभेदमा परेकाे भन्दै आक्राेश पाेखेका हुन्।
फेसबुक पाेष्टमा मेयर सिंहले लेखेका छन् -संघीय सरकारको कोप भाजनमा परेको वीरगन्ज फेरि पनि विभेदमा परेको छ ।
सरकारले नारायणी रंगशालालाई राष्ट्रिय गौरवको योजनामा नसमेट्नु दुखद् मात्रै नभई भर्त्सना योग्य कार्य रहेकाे र सकारकाे उक्त निर्णयकाे घाेर भत्सर्ना गरेकाे उनले बताएका छन्।
उनले लेखेका छन् -“संघीय सरकारले जतिसुकै विभेद गरोस हामी आफ्नै ताकतले उभिन्छौं, ठडिन्छौं”।
वीरगन्जबासीको शीर झुक्न नदिन वीरगन्ज महानगरले यसै वर्षदेखि नारायणी रंगशालामा क्रिकेट रंगशाला निर्माणको कार्य अघि बढाइसकेको जानकारीपनि उनले गराएका छन्।
आदर्शनगर रंगशाला पुन: निर्माण गरेर अन्तर्राष्ट्रिय स्तरको खेलकुद एकेडमी संचालन गर्ने अवस्थामा पुर्याउने , नारायणी रंगशालामा क्रिकेट रंगशाला पुन: निर्माण सकेर अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न सक्ने गरि उभ्याउनेमा आँफु दृढ विश्वासका साथ अगाडि बढिरहेकाे भन्दै उनले यसको लागि वीरगन्जबासीकोपनि साथ र सहयोग आवश्यक रहेकाे बताएका छन् ।

