Madhes Khabar
मधेस प्रदेश हेडलाइन

मधेस प्रदेश सरकारको दोस्रो दिन पनि धर्ना जारी


मधेसखबर
३० साउन, वीरगञ्ज । संघीय सरकारले प्रहरी समायोजन गर्न नदिएको भन्दै आईतबारदेखी आन्दोलनरत मधेश प्रदेश सरकारका मन्त्रीहरुले दोश्रो दिन सोमबार पनि धर्नालाई निरन्तरता दिएका छन् ।
उनीहरू प्रदेश प्रमुखको कार्यालय अगाडि टेन्ट टाँगेर धर्ना दिइरहेका हुन् ।

प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न प्रधानमन्त्रीसँग आग्रह गरीएको , आन्दोलनकै अल्टिमेटम दिँदै ज्ञापन पत्र पठाउँदा समेत ध्यान नदिएपछि प्रदेश सरकारले पहिलो चरणको आन्दोलन घोषणा गरेको जनाएको छ ।
यो आन्दोलन अन्तर्गत आइतबारदेखि एक सातासम्म दैनिक २ घण्टा धर्ना दिइने कार्यक्रम रहेको मधेश प्रदेश सरकारका मन्त्रिहरुले जनाएका छन् ।

सोमबारको धर्नामा अर्थ मन्त्री शैलेन्द्रप्रसाद साह, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव, जसपाका सचेतक शैलेन्द्र यादव, पूर्व राज्यमन्त्री सुरेश मन्डल सहितकाले सहभागिता जनाएका छन् ।

Related posts

आज मधेसी समुदायमा भइया दुज पर्ब मनाइदैं

MadhesKhabar

यूएईलाई हराउँदै नेपाल एसिया कपमा

MadhesKhabar

जिउतियाका व्रतालुले सुरु गरे निर्जला उपवास

MadhesKhabar

Leave a Comment