Madhes Khabar
मधेस प्रदेश हेडलाइन

मधेस प्रदेश सरकारको दोस्रो दिन पनि धर्ना जारी


मधेसखबर
३० साउन, वीरगञ्ज । संघीय सरकारले प्रहरी समायोजन गर्न नदिएको भन्दै आईतबारदेखी आन्दोलनरत मधेश प्रदेश सरकारका मन्त्रीहरुले दोश्रो दिन सोमबार पनि धर्नालाई निरन्तरता दिएका छन् ।
उनीहरू प्रदेश प्रमुखको कार्यालय अगाडि टेन्ट टाँगेर धर्ना दिइरहेका हुन् ।

प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न प्रधानमन्त्रीसँग आग्रह गरीएको , आन्दोलनकै अल्टिमेटम दिँदै ज्ञापन पत्र पठाउँदा समेत ध्यान नदिएपछि प्रदेश सरकारले पहिलो चरणको आन्दोलन घोषणा गरेको जनाएको छ ।
यो आन्दोलन अन्तर्गत आइतबारदेखि एक सातासम्म दैनिक २ घण्टा धर्ना दिइने कार्यक्रम रहेको मधेश प्रदेश सरकारका मन्त्रिहरुले जनाएका छन् ।

सोमबारको धर्नामा अर्थ मन्त्री शैलेन्द्रप्रसाद साह, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव, जसपाका सचेतक शैलेन्द्र यादव, पूर्व राज्यमन्त्री सुरेश मन्डल सहितकाले सहभागिता जनाएका छन् ।

Related posts

पर्सामा बाघकाे आक्रमणबाट एक युवककाे मृत्युु

MadhesKhabar

लालबाबु मुख्यमन्त्री हुदाँ ६५ लाखमा खरिद गरिएको सफ्टवेयर मुख्यमन्त्री कार्यालयबाटै गायब

MadhesKhabar

सडकमा जथाभावी फोहोर फाल्नेहरूबाट वीरगन्ज महानगरले उठायो साढे २१ लाख जरिवाना

MadhesKhabar

Leave a Comment