Madhes Khabar
स्थानिय

पर्साकाे हुलाकी सडक दुर्घटना(अपडेट) : एक जनाकाे मृत्यु , अर्काे घाइते आइसियुमा

वीरगन्ज,२०चैत:पर्साको सखुवा प्रसाैनी गाँउपालिका वडा नम्बर ६ लखनपुर स्थित हुलाकी सडकमा मंगलबार बेलुकी दुई वटा माेटरसाईकल आपसमा ठाेक्किएर भएकाे दुर्घटनामा एक जनाकाे मृत्यु भएको छ।अर्का एक जना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा दुवै माेटरसाइकलका चालक गम्भीर घाइते भएकाेमा एक जनाकाे अस्पताल पुर्याउने क्रममा बाटाेमै मृत्यु भएकाे हाे।
गण्डक नहर भन्दा उत्तर पट्टि सखुवा प्रसौनी -६ अन्तर्गतको लखनपुर र जगर्नाथपुर गाउपालिका अन्तर्गतको प्रसौनी गाउँको बिचमा रहेको हुलाकी सडकमा बेलुकी ८ बजेतिर दुई विपरीत दिशाबाट आउँदै जाँदै गरेका ना ७ प २६०३ र प्रदेश २- ०३ ००९ प ५३१५ नम्बरको मोटरसाइकल  आपसमा ठोक्किएर भएकाे दुर्घटनामा परि दुवै मोटरसाइकलका चालक गम्भीर घाइते भएका थिए ।
स्थानीयबासी र प्रहरीले दुवै घाइतेलाई उद्धार गरि एम्बुलेन्समा राखेर  उपचारका लागि वीरगन्ज पठाएकोमा
ती मध्ये ना ७ प ५३१५ नम्बरको माेटरसाइकल चालक पर्साकै जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरका अन्दाजी ३० बर्षिय हरिन्द्र चाैधरीकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए।
अर्का गम्भीर घाइते पर्साकै वीरगन्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ४२ बर्षिय शेख जावेद आलमकाे भने नारायणी अस्पतालकाे आइसियुमा उपचार भईरहेकाे र उनकाे अवस्थापनि सिकिस्त रहेकाे थापाले बताए ।
घटनाकाे बारेमा प्रहरीले अनुसन्धान गरिरहेकाे प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए।

Related posts

सार्वजनिक बिदाका दिनमापनि जिल्ला प्रशासन कार्यालय पर्साले दिने भयाे सेवा

MadhesKhabar

पर्सामा गाजा सहित एक भारतीय युवक पक्राउ

MadhesKhabar

रानीघाटको चार वटा गोदममा प्रहरीको छापा

MadhesKhabar

Leave a Comment