Madhes Khabar
स्थानिय

पर्साकाे भेडिअर्वामा जग्गाकाे विवादमा भएकाे झडपमा एक महिलाकाे मृत्युु

सांकेतिक फोटो

वीरगन्ज,११कार्तिक: पर्साकाे छिपहरमाई गाँउपालिका वडा नम्बर २ भेडिअर्वामा जग्गा विवादका क्रममा भएको झडपमा घाइते भएकी महिलाको मृत्यु भएको छ ।

मृत्युु हुनेमा भेडिअर्वाकी ५० वर्षीय रितादेवी रहेकी छन् । उनको गत सोमवार राति उपचारको क्रममा एलएस न्युरो अस्पतालमा मृत्यु भएको र गत मङ्गलवार शल्य परीक्षण गरी दाहसंस्कार गरिएको परिवारजनले बताएका छन् ।

स्थानीय धनई बरईका छोरा सन्दीप बरई, दिनेश बरई, रमेश बरई, मुनीलाल साह कानूलगायतले रितालाई कुटपिट गरेका मृतकका परिवारको आरोप छ । रितालाई सन्दीपले बाँसको भाटाले प्रहार गर्दा उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।

झडपमा रिताका पति शम्भु राउत अहिर, ज्वाइँ ३१ वर्षीय विनोदराय यादव, छोरी २८ वर्षीय सुनिता देवीसमेत घाइते भएका थिए ।

रिताको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले धनईलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Related posts

वीरगन्जमा सडकका कुकुरहरुको बन्ध्याकरण सुरु

MadhesKhabar

अटेरी अशाेक मित्तलकाे सिद्धि टेक्सटाइल उद्योगलाई महानगरले फेरि गर्याे दण्डित

MadhesKhabar

हैजा प्रभावित वीरगन्जका ११ ठाउँबाट संकलन गरिएको पानीको परीक्षणको ल्याब रिपोर्ट आज आउने

MadhesKhabar

Leave a Comment