वीरगन्ज ,३०फागुन:वीरगन्ज महानगर पालिकाले सडकका सामुदायिक कुकुरहरुमा बन्ध्याकरण तथा रेबिज रोग नियन्त्रण अभियान वीरगन्जमा मंगलबारदेखि शुरु गरेको छ ।
वीरगन्जमा छाडा कुकुरहरुको संख्या वृद्धि भएपछि त्यसकाे व्यवस्थापनका लागि महानगरले यो अभियान सुरु गरेको वीरगन्ज महानगर पालिकाका मेयर राजेश मान सिंहले जानकारी दिए ।
सडकका छाडा कुकुरहरूलाई दैनिक नियन्त्रणमा लिएर नेशनल ट्रेडिङमा बन्ध्याकरण लगेर मंगलबार देखि बन्ध्याकरण गर्न थालिएको द जेन गुडअल ईन्स्टिच्युट नेपालका प्रशासकीय अधिकृत रमेश सापकोटाले जानकारी दिए।
मंगलबार पहिलाे दिन ४० वटा कुकुरको बन्ध्याकरण र रेबीज खोप लगाइएको उनले बताए । पहिलो चरणमा करीब १ हजार कुकुरको बन्ध्याकरण गरिने बुझिएको छ ।

