Madhes Khabar
स्थानिय हेडलाइन

दिपावली र छठमा पटाका नपड्काउन र राति ९ बजेपछि देउँसीभैलो नखेल्न पर्साका सीडीओको आदेश

वीरगन्ज,२कात्तिकःजिल्ला प्रशासन कार्यालय पर्साले आइतबार एक सूचना जारी गर्दै दिपावली ,छठ वा कुनै उत्सवमा पटाका नपड्काउन उर्दी जारी गरेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुबेदीले आइतबार जारी गरेको सूचनामा भनिएको छ– दिपावली, छठ पर्वको उपलक्ष्यमा घर घरमा पटका नपड्काउनु हुन र पटका ओसारपसार, पटकाको व्यापार व्यवसाय नगर्नु नगराउनु हुन अनुरोध छ । पटका पड्काउँदा ठूलो आवाजले मानव स्वास्थ्यमा पर्ने असर, पटकाको आवाजले समाजमा हुने भय ÷ डर र पटकाबाट निस्किने आगोको झिल्काले हुन सक्ने आगलागी समेतलाई मध्यनजर गरी पटका पड्काउने कार्य निषेध गरिएको छ । यदि यस्तो कार्य गरेको पाईएमा कानून बमोजिम कारवाही हुनेछ ।

साथै जिल्ला प्रशासन कार्यालय पर्साले रातीको समयमा हुन सक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गरी देउसी भैलो राती ९ः०० बजेसम्म मात्र खेल्न आग्रह पनि गरेको छ ।राति ९ः०० बजेको समय पछि खेलिने खेलाईने देउसी भैलोलाई बन्द गरिने चेतावनीसमेत दिइएको छ ।

यस्तै चाडपर्वको उपलक्ष्यमा खेलिने÷खेलाईने जुवातासमा हारजीत भई आर्थिक व्ययभार पर्ने हुँदा जुवातास नखेल्न÷नखेलाउन अनुरोध गर्दै जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रशासन कार्यालयबाट सवारी अनुमति पास लिएका अत्यावश्यक सेवासँग सम्बन्धित सरकारी काममा बाहेक अन्य कामका लागि सार्वजनिक विदाको दिन सरकारी सवारी साधन नचलाउन पनि अनुरोध गरेको छ ।

Related posts

जनकपुर पुगेर ओलीले भने : नागरिकता विधेयक ‘काम’ नलाग्ने छ, फिर्ता हुन्छ

MadhesKhabar

वीरगन्जमा पनि नेवार समुदायले मनाए नेपाल संवत् ११४३

MadhesKhabar

हैजाको उपचारका लागि मधेस सरकारले नारायणी अस्पताललाई दियो औषधिसहितका सामग्री

MadhesKhabar

Leave a Comment