Madhes Khabar
स्वास्थ्य हेडलाइन

हैजाको उपचारका लागि मधेस सरकारले नारायणी अस्पताललाई दियो औषधिसहितका सामग्री

वीरगन्ज,८ भदौं :मधेस प्रदेश सरकारले हैजाको महामारी फैलिएको वीरगन्जमा बिरामीको उपचारका लागि आवश्यक औषधि र सामग्रीहरु वीरगन्जको नारायणी अस्पतालमा पठाएको छ ।

मधेस प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट आइतबार वीरगन्ज आएका स्वास्थ्य महाशाखा प्रमुख डा. विपनकुमार झा र जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरले नारायणी अस्पतालका मेसु डा. चुमनलाल दासलाई ती औषधि र सामाग्री हस्तान्तरण गरेका हुन् ।

मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशन र प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री सत्रुघन प्रसाद सिंहको पहलमा झाडापखाला र हैजाका बिरामीको उपचारमा आवश्यक पर्ने १७ प्रकारका औषधि र सामग्री स्वास्थ्य कार्यालय पर्सामार्फत नारायणी अस्पताललाई प्रदान गरिएको मन्त्रालयका जनस्वास्थ्य अधिकृत ठाकुरले बताए । वीरगन्जमा फैलिएको हैजाको रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारपनि लागेको भन्दै उनले भने,‘ बिरामीको उपचारका लागि आवश्यक थप औषधि र सामग्रीहरु उपलब्ध गराउन प्रदेश सरकार तयार छ ।’

त्यसअवसरमा स्वास्थ्य कार्यालय पर्साका निमित्त प्रमुख विनोद झाले दिनहुँ झाडापखाला र हैजाका बिरामीहरु थपिदैं गएको बताए । महामारी रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य कार्यालय पर्साले स्थानीय तहसंग समन्वय गरेर काम गरिरहेको उनले बताए ।

 

Related posts

वाणिज्य बैंकहरूले घटाए ब्याजदर, कर्जाको ब्याजदर पनि सामान्य घट्ने

MadhesKhabar

वीरगन्जमा बन्न लागेको चिडियाखानाको घेराबार गर्ने काम ६० प्रतिशत सकियो

MadhesKhabar

नारायणी अस्पताल फेरि प्रथम सेवा विन्दु र रिफरल सेन्टरका रुपमा कायम

MadhesKhabar

Leave a Comment